
ओमन / नेपाल तामाङ समाज ओमानको दोस्रो अधिवेशन सम्पन्न भएको छ । समाजले १० अगष्टमा मस्काटस्थित घाला अजैबा होटलमा तेजबहादुर तामाङको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयनगरी दोस्रो अधिवेशन गरेको हो ।
उक्त कार्यसमितिको अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष बिनोद तामाङ (बोरोज),उपाध्यक्ष पासाङ तामाङ,महासचिव सुबिस्ता तामाङ,सचिवमा मुना तामाङ र कृष्ण तामाङ कोषाध्यक्षमा दिपक तामाङ,सहकोषाध्यक्षमा रिना तामाङ महिला संयोजकमा सीता तामाङ,सदस्यहरुमा सीता थोकार तामाङ,जीवन तामाङ,चक्र मान तामाङ,चमेली तामाङ,योगेन तामाङ,बिपि तामाङ,एक्का तामाङ,पन्च तामाङ,करुणा तामाङ,कान्छी माया तामाङ,रुप तामाङ,मनिका तामाङ,सुकुमाया तामाङ,रुपा तामाङ चयन भएका छन् ।संरक्षकमा राम तामाङ र सल्लाहकारमा वरिष्ठ सल्लाहकार दावा सङ्पो तामाङ,उमेश तामाङ,फुर्ब तामाङ,कार्सङ तामाङ र ओमकार तामाङ रहेका छन् ।
`नेपाल हाम्रो देश,अलग अलग भाषा र भेष तामाङ पहिचान जोगाउने हाम्रो अभियान विशेष´भन्ने मुल नाराको साथ सम्पन्न कार्यक्रम दूतावासका श्रम सहाचार्य कृष्ण कुमारी गौरीकि आतिथ्यमा सम्पन्न भएका थिए । विभिन्न संघसंस्थाका प्रतिनिधिको बाक्लो उपस्थित रहेका कार्यक्रमलाई समाजका सदस्य कृष्ण तामाङको स्वागत मन्तव्यवाट सुरु गरिएका थिए । कार्यक्रममा आर्थिक प्रतिवेदन समाजका निवर्तमान कोषध्यक्ष पासाङ तामाङले पेश गरेका थिए । समाजका प्रतिवेदन निवर्तमान अध्यक्ष राम तामाङले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि गौरीले तामाङ समाजले गरेका सकारात्मक कामहरुको प्रसंशा गर्दै आउने दिनहरुमा अँझ ससक्त ढंगबाट अगाडि बढ्दै जानुपर्ने औल्याउँदै निर्वाचित समितिलाई शुभकामना दिएकी थिइन् ।
कार्यक्रममा समाजका कलाकार समूहले तामाङ सेलो लगायत विभिन्न विधाका नृत्यले प्रमुख अतिथि,अतिथि र उपस्थितहरुलाई मनोरञ्जन दिलाएका थिए ।समाजका निवर्तमान अध्यक्ष तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई समाजका उपाध्यक्ष बिनोद तामाङ( बिरोज)ले सञ्चालन गरेका थिए ।