मोरङ । विराटनगर महानगरपालिका मेयरको कार्यकक्ष नजिकै कुकर बम विस्फोट भएको छ । आइतबार दिउँसो २ बजे महानगरका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट भएको हो । मेयरको कार्यकक्षबाट प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष जाने प्यासेजमा बम विस्फोट भएको बताइएको छ ।
बम विस्फोटले कुनै मानविय क्षति नभएपनि मेयरको को १ झ ४९४ नम्बरको गाडीमा क्षति पुगेको छ । त्यस्तै कार्यालयको झ्यालका सिसा र दराजमा पनि क्षति पुगेको छ ।
विस्फोटपछि भाग दौडका क्रममा कार्यालय साहायक शिवचन्द्र ठाकुर बेहोस् भएकाले कोशी अञ्चल अस्पतालमा उपचार भइराखेको छ ।
बम विस्फोटपछि कार्यालयको काम भने ठप्प भएको छ ।

बम विस्फोटबाट क्षति पुगेको मेयर भीम पराजुलीको को १ झ ४९४ नम्बरको गाडी ।