एजेन्सी – बलिउडकी स्टार अभिनेत्री प्रियंका चोपडाले सुपरस्टार अभिनेता सलमान खानसँग भारतमा काम नगर्ने फैसला लिएपछि त्यसका बारेमा बलिउडमा अनेक खालका तर्कवितर्क हुँदै आइरहेका छन् ।
कसैले उनी छिट्टै विवाह बन्धनमा बाँधिन लागेकाले फिल्म छाडेको तर्क गरे भने कसैले चित्तबुझ्दो पारिश्रमिक नपाएका कारण फिल्म छाडेको बताइरहेको बेला पछिल्लो प्रियंकाले हलिउडको फिल्म साइन गरेका कारण ‘भारत’मा काम नगरेको बताइएको छ ।
प्रियंकाले हलिउड अभिनेता क्रिस प्रैन्टका साथमा फिल्म ‘काउब्वाइ निन्जा वाइकिङ’मा काम गर्ने भएकी हुन् । यस फिल्ममा प्रियंका क्रिसकी प्रेमिकाको भूमिकामा देखिने छिन् । भारतीय एक सञ्चारमाध्यमले हलिउडको ठूलो बजेटको उक्त फिल्ममा प्रियंका र क्रिसको केमेस्ट्री देखाइने बताएको छ ।
यसका साथै उनी फरहान अख्तरको फिल्म ‘स्काइ इज पिंकु’मा समेत देखिने भएकी छन् ।