बागलुङ, १६ जेठ– बागलुङ नगरपालिका–१० भकुण्डेका उदित कुमार थापाले लेखेको पुस्तक अ–हाईपोथेसिसमाथि मंगलबार एक समारोहका सहभागीले टिप्पणी गरेका छन् । समसामयिक विषयबस्तुलाई आधार बनाएर लेखीएको पुस्तकको समिक्षा गर्न आयोजना गरिएको कार्यक्रमका सहभागीले पुस्तकको टिप्पणी गरेका हुन् । वर्तमान नेपालको राजनीतिक अवस्थ, सामाजिक बेथिती लगायतका समसामयिक विषयबस्तुलाई उठाएर नजिकको सपनाको उजागर गरेको भन्दै सहभागीले थापालाई शुभकामना दिएका थिए ।
पुस्तकको टिप्पणी गर्दै धौलागिरी बहुमुखी क्याम्पस बागलुङका स्ववियु सभापति मनिष थापाले छोटकरीमा उतारिएको समसामयिक विषयवस्तुले बर्तमान नेपालको अवस्था उजागर गरेको बताए । शिक्षा, स्वास्थ्य, राजनीति लगायतका विषयमा बेथिती बढ्दै जाँदा पनि नागरिकको स्तरमा छलफल नचलेको भन्दै थापाको पुस्तकले छलफलको वातावारण सिर्जना गरेको बताए । बागलुङका अगुवा कृषक गंगाबहादुर थापाले समसामयिक राजनीतिक विषय उजागर गर्दा पुँजीबादको विकासपछि समाजबाद स्थापना हुने भन्ने शब्दावली पुस्तकमा प्रयोग गरिएकोले आपत्ति जनाए । कार्यक्रममा सहभागीले पुस्तकमा उतारीएका विवरण, चलिरहेको वर्तमान प्रशासनिक व्यवस्था र आम नागरिकको पक्षमा हुनुपर्ने राज्य व्यवस्थाको नमुना पुस्तकमा समाबेश गरिएकोले खुसी व्यक्त गरेका थिए ।
पुस्तकमाथि झण्डै एक दर्जन सहभागीले टिप्पणी गरेका थिए । खल्तीमा राख्न मिल्ने गरि बनाईएको २ सय पृष्ठको पुस्तक जीवन काउचा थापाले प्रकाशन गरेका हुन् । २७ वटा विषयगत शिर्षक राखेर तयार पारिएको पुस्तकको वितरण सर्बोदय बहुद्देश्यीय सहकारीले गर्ने जिम्मा लिएको छ । प्रकाशक जीवन काउचा थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बसन्त थापा र सञ्चालन संगम घर्ति मगरले गरेका थिए ।
Previous Articleसाइबर अपराधमा बागलुङका एक युवक पक्राउ
Next Article फुटपाथे र झोले हैनन् बागलुङका व्यवसायी