बागलुङ, १६ जेठ– साईवर अपराधको आरोपमा प्रहरीले बागलुङको बडिगाढ ६ का एक युवकलाई पक्राउ गरेको छ । बडिगाड–६ का बिसाल घर्तीलाई आईतबार प्रहरीले पक्राउ गरेर महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाएको प्रहरी नायव उपरिक्षक विश्वराज सिंह थापाले बताए । स्थानीय एक महिलालाई सामाजिक संजाल मार्फत अस्लिल गालीगलौज गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
घर्तीलाई प्रहरीले ग्वालीचौर बजारबाट पक्राउ गरेको हो । ती महिलाको उजुरीको आधारमा प्रहरीले खोजी गर्दा भेटिएपछि अनुसन्धानका लागि काठमाण्डौ पठाएको हो । साईवर अपराधको अनुसन्धान नेपालमा काठमाण्डौबाट मात्र हुने गरेको छ । यसअघि पनि समय समयमा अपराधका घटना बढेको प्रहरीको दाबी छ । पटक–पटक पक्राउ पर्नेहरुबाट साईवर अपराध भएको पाइएको हो । साईवर अपराध सार्वजनिक अपराधभन्दा ठूलो अपराध हो । यो अपराध प्रमाणित भएमा कसुर अनुसार ५ बर्षसम्म जेल र २ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
Previous Articleप्रदेश नं.४ लाई किन पर्यो सवैभन्दा कम बजेट ?
Next Article अ–हाईपोथेसिस पुस्तको समिक्षा