बागलुङ, ८ जेठ–नेपाली लोक संगीतको बजारमा यतिबेला बागलुङे सर्जक प्रकाश सपुत नयाँ तरिकाले छाएका छन् । गत बिहिबार युट्युव मार्फत सार्वजनिक भएको सपुतको ‘बोल माया’ नामको गीत एकाएक चर्चामा आएको छ । प्रकाश आँफैले शबद, संगीत र भिडियो निर्देशन समेत गरेको गीत नेपाली युट्युवमा पहिलो नम्बरमा आएको छ ।
यो समाचार तयार पार्दासम्म पाँच लाखभन्दा धेरैले गीत हेरिसकेका छन् । सपुतको ‘बोल माया’ले सर्वाधिक लाईक, कमेन्ट र भ्युज पाएको छ । बिदेशिएका नेपालीहरुको जीवनका भोगाई र विदेशमा विविध कारणले जीवनलिला समाप्त पारेको दुःखान्तलाई मुल कथा बनाएर गायक सपुतले उक्त गीत निर्माण गरेका हुन् । गीतले धेरैलाई रुवाएको छ । समयामयिक बिषयबस्तुमा लेखीएका शव्दहरुमा शान्ति श्री परियार र नारायण रायमाझीको शव्दले गीतलाई निकै मार्मिक बनाएको छभने शव्द तथा लय बनाएका सपुत स्वयम्ले भिडियोको निर्देशन समेत गरेकाले गीतले न्याय पाएको लोकदोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्रि पंगेनीले बताए । गीतको बिमोचनका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै पंगेनीले यस्तो बताएका हुन् ।
सपुतले गीतको भिडियो निर्माण आफ्नै जन्मथलो बागलुङको धम्जामा गरेका छन् । बाबुआमाको भुमिकामा आफ्नै बाबुआमाले अभिनय गरेको सपुतको गीतमा भाईको भुमिकामा उनकै दुई भाईले अभिनय गरेका छन् । बिदेशमा मृत्यु भएर नेपाल शव पठाईसकेपछि परिवार र अर्धाङ्गिनीले देखाउने व्यवहार गीतको म्मुजिक भिडियोमा देखाईएको छ । बैदेशिक रोजगारीको शिलशिलामा मृत्यु भएका व्यक्तिको भुमिकामा आँफै अभिनय गरेका सपुतले अञ्जली अधिकारीलाई मृत्यु हुने व्यक्तिको श्रीमतीको रुपमा भिडियोमा प्रस्तुत गरेका छन् ।
‘प्रदेशीको हुँदैन भर हे वरै फकींने आश मात्रै
के रैछ र जिन्दगी भन्नु हे बरै एक मुठी सास मात्रै
नारायण रायमाझीको आवाज रहेको यो वाक्यांशले गीतको सुरुवातमा नै धेरैको मनमा भक्कानो फुटाएको छ । बालापनदेखिको प्रेमलाई विवाहमा बद्लेर छोटो समयमा नै दैनिक चलाउनकै लागि बिदेशिनु पर्ने बाध्यात्मक नेपाली परिबेशलाई मुख्य बिषय बनाईएको छ । यो समाचार तयार पार्दासम्म गीतले पाँच लाख दर्शक बनाइसकेका छ । गीतको लय–शव्द प्रकाश सपुतले बनाएका हुन्भने बरिष्ठ गायक नारायण रायमाझी र शान्तिश्री परियारको आवाज रहेको छ ।
‘धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकाशमा
कस्तो भै गयौ कस्तो भै आयौ काठैको बासकमा
सँगै जाम स्वर्ग भनेको भए मै जानी थिईन र
जवाफ देउ प्यारा एक बचन बोल बोल्दैनौ किन र
बोल..माया एक बचन बोल तिमै बोली छ मलाई अनमोल
विदेशमा हुने अस्वभाविक मृत्यु र त्यसपश्चात नेपालका उनीहरुका परिवारले व्यहोर्नु पर्ने सामाजिक अपहेलनाको बिषयलाई पनि निकै मार्मिक तरिकाले गीतमा प्रस्तुत गरिएको छ । सपुतले गीतको बिमोचनका बेला यथार्य सामाजिक घटनामा आधारित रहेर गीत तयार पारेको बताए । प्रकाश सपुतको निर्देशनमा तयार पारिएको उक्त गीत करन चैसिरले छायांकन गरेका हुन् । प्रविण भट्टले गीतको भिडियो सम्पादन गरेका छन् ।
–तारानाथ आचार्य/बागलुङ