बागलुङ, ८ जेठ– नेपाल मुस्लिम संघले मुस्लिम धर्म मान्नेहरुका सबै पर्वका बिदा कटौती गरेकोमा संघर्षका कार्यक्रम थालेको छ । संघले पहिलो चरणमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर बिदा कटौती नगरी पुरानै चलन अनुसारका बिदा दिन माग गरेको हो । संविधानमा सबै जातजाती,धर्म र संस्कृतिलाई समान बनाइएको भनेर लेखिसकेपछि मुस्लिम समुदायका सबै बिदा कटौती गरिएकोमा आपत्ति जनाइएको हो । संघले बिशेषगरी ईद (ईदुलफित्र),बकरईद र हजरत मुहम्मदको जन्म जयन्तीमा बिदा दिनुपर्ने माग गरेको हो ।