बागलुङ, ८ जेठ– बागलुङमा हाल संचालनमा रहेको भारतीय सैनिकहरुको पेन्सन क्याम्पका लागि आवस्यक पर्ने कागजात निर्माणका क्रममा प्रमुख जिल्ला अधिकारी बिना कामै नभएका शिर्षकमा पनि यसपटक सहायक प्रजिअको हस्ताक्षरमा काम बन्ने बनाइएको छ । सैनिक बोर्डका पदाधिकारीको रोहबरमा निमित्त प्रअिज नारायण पाण्डेयले स्थानीय पञ्जिकाधिकारीले दिएको सिफारिस मान्य हुने तर सहयाक प्रजिअको प्रमाणित किन नहुने भन्ने अभिव्यक्तिका साथ बसेको बैठकले बोर्डले काम गर्न सहमत भएको हो ।
विशेषगरी प्रजिअको अनुपश्थितिमा दुई नाम एक भएको प्रमाणित गर्ने तथा पारिवारिक बिवरण खुलाई प्रमाणित गरिएको कागजात अरुले गर्न नपाउने अभ्यास थियो । हाल बागलुङका लागि प्रजिअ नभएको अवस्थामा पेन्सन क्याम्पमा आएका हजारौंको समस्या समाधान गर्न यो विधि अपनाईको हो । अवदेखि यो विधिले निरन्तरता पाउने समेत पाण्डेयले बताए । ‘सिडिओ नै चाहिने भनेर काम अड्काउने प्रवृत्ति हामले अन्त्य गरेका छौं’उनले भने,‘यो कामले पेन्सन बुझ्न आएका हजारौं र निधन भएकाहरुका परिवारका सदस्यले राहत पाएका छन् ।’ बागलुङबाट धौलागिरीका झण्डै ८हजार जनाले भारतीय सेनाको पेन्सन बुझ्दै आएका छन् ।
Previous Articleसपुतको ‘बोल माया’ चर्चाको शिखरमा
Next Article माओवादीको विघटन की एमालेको स्खलन ?