राजेशचन्द्र राजभण्डारी
जनताले खाने नुनमा सिन्डिकेट
भन्सार छल्ने सुनमा सिन्डिकेट
नेपाली जनताले उपचार गर्ने
अस्पतालमा सिन्डिकेट
आम बिद्यार्थीले पढ्ने
स्कुलमा सिन्डिकेट
पुस्तकमा सिन्डिकेट
जुत्ता–मोजा र झोलामा सिन्डिकेट
बैंक तथा बित्तिय संस्थामा सिन्डिकेट
सबै–सबै ठाउँमा कायमै छ
अझै सिन्डिकेट
जनताले पैसा तिरेर चढ्ने
यातायातमा सिन्डिकेट
ब्यापारमा सिन्डिकेट
ज्याला मजदुरीमा सिन्डिकेट
ठेक्का–पट्टा टेन्डरमा सिन्डिकेट
तेल ढुवानीमा सिन्डिकेट
कर्मचारी सरूवा बढुवामा सिन्डिकेट
राजनीतिमा सिन्डिकेट
मन्त्री मण्डलमा सिन्डिकेट
गुट, उपगुटमा पनि सिन्डिकेट
कुन क्षेत्रमा छैन सिन्डिकेट
सबै–सबै ठाउँमा कायमै छ सिन्डिकेट
कलाकारको कलामा सिन्डिकेट
गीत गाउने गलाको सिन्डिकेट
राजनीतिक पार्टीमा सिन्डिकेट
पद प्रतिष्ठामा सिन्डिकेट
मर्यादा क्रममा पनि सिन्डिकेट
संचारमा सिन्डिकेट
अड्डा अदालतमा सिन्डिकेट
न्यायाधिश बन्न सिन्डिकेट
सबै–सबै क्षेत्रमा अझै कायमै छ सिन्डिकेट ।
–लालीगुराँसचोक, बागलुङ बजार