बागलुङ, १७ बैशाख– जिल्लाको काठेखोला गाउँपालिकामा सोमबार पिक अप भ्यानको ठक्करबाट एक बालिकको मृत्यु भएको छ । काठेखोला गाउँपालिका वडा नम्बर ६ दोविल्लामा बिहुँमा पिक अप भ्यानले ठक्कर दिँदा काठेखोला–७ रेशकी ५ बर्षिय बालिका दिक्षा थापाको मृत्यु भएको हो । बागलुङ बजारबाट काठेखोला गाउँपालिका–२ डुढिया जाँदै गरेको ध १ ज २०८ नम्बरको दुध बोक्ने जिपले ठक्कर दिँदा बालिकाको ज्यान गएको प्रहरी चौकी अछेतेले जनाएको छ । सडक छेउमा रहेको पानिको मुलमा पानि पिएर अर्को तर्फ रहेकी उनकी आमा तर्फ जाँदै गरेकी बालिकालाई पिक अप मोड्ने क्रममा पाँग्राले छोएको चालकले प्रहरुसँग बताएका छन् ।
पिकअप भ्यान र चालक रेशम कँडेललाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पठाईएको प्रहरी सहयाक निरिक्षक सितानन्द चौधरीले बताए । मृत बालिकको शवलाई पोष्टमार्टमका लागी धौलागिरी अञ्चल अस्पताल पठाईएको छ ।