बागलुङ, १३ बैशाख – नायक भूवन केसी र नायिका जीया केसी लिभिङ टूगेदरमा बस्छन् भन्ने खबर अब नौलो रहेन । केही बर्षदेखि भूवनको सिनामंगलस्थित घरमा रहँदै आएकी जीया अहिले भूवनको काममा पनि हस्तक्षेप गर्ने भएकी छिन् । जीयाले भुवनपुत्र नायक अनमोल केसीका लागि नायिका छनोट गर्नेदेखि मिडियासँग सम्बन्ध बनाउने कुरामा समेत भूमिका खेल्दै आएको पाइएको छ । तपाइलाई थाहा नहुन सक्छ, भूवन केसीले निर्देशन गरेको पहिलो चलचित्र ‘ड्रिम्स’की नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई जीयाले रोजेकी थिइन् ।
अनमोल अहिले चलचित्र ‘क्याप्टेन’मा व्यस्त छन् । यो चलचित्रका लागि २ नव-नायिका फाइनल गरिएको छ । उपासना सिंह ठकुरी र प्रियंका एमभीलाई चलचित्रका लागि फाइनल गरिएको छ । यी दुबै नायिकालाई पनि जीयाले खोजेकी हुन् । जीयाले इन्स्टाग्राममा तस्बिर देखेपछि आफैंले यी दुईसँग कुरा गरेकी थिइन् । उपासनाले अनलाइनखबरसँग कुरा गर्दै भनेकी छिन्-‘मलाई चलचित्र खेल्छु भन्ने लागेको थिएन । तर, जीया दिदीले मेरो तस्बिर इन्स्टामा देखेपछि बोलाउनुभयो । उहाँले चलचित्र खेल्न मलाई प्रोत्साहन गर्नुभयो र म काम गर्न तयार भएँ ।’
अर्की नायिका प्रियंकाको खोजी पनि जीयाले नै गरेकी हुन् । जीयासँग सुरुमा कुरा भएपछि प्रियंका यो टिमसँग जोडिएकी थिइन् । जीयाको रोजाईलाई नै अन्ततः भुवन र अनमोलले सदर गरेका छन् । भुवन र जीया लिभिङ टुगेदरमा रहेको लामो समय भइसकेको छ । सुरु-सुरुमा उनीहरुले आफ्नो सन्वन्धलाई लुकाउन खोजे पनि पछिल्लो समय खुल्दै गएका छन् । चलचित्र ‘कृ’ को एउटा गीतको छायांकनका लागि स्कटल्यान्ड जाँदा भुवनले जीयालाई पनि सँगै लगेका थिए । केही दिनअघि एउटा अवार्ड समारोहमा उनीहरु एकसाथ आएका थिए ।
अहिले भुवन आफ्नो नयाँ चलचित्र क्याप्टेनका लागि लोकसन हेर्नका लागि उनै जीयालाई च्यापेर सिक्किम लागेका छन् । पछिल्ला घटनाक्रमहरुबाट भुवनको निजी र प्रोफेसनल जीवनमा जीवनमा जीयाले महत्वपूर्ण भूमिका खेल्न थालेको प्रष्ट हुन्छ । तर, उनीहरु औपचारिक रुपमा बिहे गरेर श्रीमान-श्रीमती कहिले बन्ने हुन्, त्यो चाहिँ समयकै जिम्मामा छाडौं ।
Previous Articleचर्च आक्रमणमा १६ जनाको मृत्यु
Next Article शरीरबाट रगत बग्न कम भएन, हेमोफिलिया हुनसक्छ ?