बागलुङ, १३ बैशाख – चोट लाग्दा शरीरबाट जति चाँडै रगत बग्छ, उति नै चाडै कम पनि हुन्छ । तर कयौ व्यक्तिहरूमा यस्तो नहुन पनि सक्छ । विशेषगरी, हेमोफिलिया रोगबाट ग्रसित व्यक्तिमा रगत बग्न कम हुँदैन । त्यसैले यसमा ज्यान जाने खतरा पनि उत्ति नै बढी हुन्छ । सामान्यता हेमोफिलिया एक आनुवंशिक रोग हो । यो रोग लागेमा शरीरमा रगत जम्न बन्द हुने गर्छ ।
विशेषगरी, जब शरीरको कुनै भागमा चोटपटक लाग्छ, तब रगत जम्नको लागि आवश्यक पर्ने जरुरी तत्व प्लेटलेट्ससित मिलेर त्यसलाई रगतलाई गाढा बनाउने काम गर्छ । रगत बग्न स्वतः कम हुने गर्छ । जो व्यक्ति हेमोेफिलिया रोगबाट ग्रसित हुन्छन् उनीहरूमा रगत जमाउने तत्वको कमी हुने गर्छ । रगत निरन्तर बहिरहने गर्छ ।
विशेषगरी, आमाबाबुलाई यो रोग लागेमा उनीहरूबाट जन्मने शिशुमा पनि यो रोग लाग्ने जोखिम बढी हुन्छ । त्यसैले पनि यसलाई आनुवंशिक रोग भनिन्छ । यो रोग दुई किसिमको हुन्छ , हेमोफिलिया ‘ए’ र हेमोफिलिया ‘बी’ । हेमोफिलिया ‘ए’ मा फ्याक्टर आठको कमी हुन्छ भने फ्याक्टर ‘बी’ मा घटक नौको कमी हुन्छ । रगत जमाउन यी दुवै तत्वको आवश्यक पर्छ ।
चिकित्सकहरूका अनुसार यो समस्या एक दुर्लभ रोग हो । झन्डै दश हजार विरामीमध्ये एक जनामा हेमोफिलिया ‘ए’को समस्या हुन्छ । त्यस्तै, हेमोफिलिया ‘बी’ चालीस हजार मान्छेहरूमध्ये एकलाई हुने गर्छ ।
के हो त हेमोफिलियाका लक्षण ?
हेमोफिलियाका लक्षण साधारणदेखि गम्भीरसम्म हुने गर्छ । यो रगतमा मौजुद फाल्सामा निर्भर हुन्छ । लामो समयसम्म रक्तस्राव हुनुबाहेक यस रोगको अन्य लक्षण पनि हुने गर्छ ।
-नाकबाट निरन्तर रगत बग्नु
-गिजाबाट निरन्तर रगत बग्नु
-छाला सजिलै ताछिनु
-आन्तरिक रक्तश्रावका कारण जोर्नी दुख्नु
-कैयौ पटक हेमोफेलियाकै कारण टाउकोमा आन्तरिक रक्तस्राव हुने गर्छ । जसका कारण टाउको बेस्सरी दुख्ने, गर्दनमा अकडन भएर उल्टी आउने गर्छ । यसबाहेक, आँखा धमिलो देखिने, बेहोस हुने, अनुहारमा पक्षघात हुने लगायतका लक्षण देखा पर्दछ ।
हेमोफिलियाका तीन चरण हुन्छन्
प्रारम्भिक चरण अन्तर्गत शरीरमा फाल्चा बनाउने घटक ५ देखि ५० सम्म हुन्छ । मध्यम चरणमा घटक एक देखि ५ प्रतिशतसम्म हुन्छ । गम्भीर स्तरमा घटक एक प्रतिशत भन्दा कम हुने गर्छ । यस्तो रोग बच्चाको जन्मसँगै सुरु हुनसक्छ । कतिपय अवस्थामा बच्चाको जन्मपश्चात नै यो रोग पत्ता लाग्ने गर्छ ।
हेमोफिलिया मध्यम तथा गम्भीर प्रकारको भएमा बाल्यावस्थामै आन्तरिक रक्तस्रावका केही लक्षण देखा पर्ने गर्दछ । गम्भीर किसिमको हेमोफिलिया भएमा खतरा पनि धेरै हुने गर्छ । कहीकतै तेज झट्का लागे मात्र पनि आन्तरिक रक्तस्राव सुरु हुन थाल्छ ।
यही रोग हल्का भएमा यसको लक्षणबाट सजिलै पत्ता लाग्दैन । जब बच्चाको दाँत निस्कन्छ र रगत बग्न बन्द हुँदैन, त्यतिबेला मात्र यो रोग पत्ता लाग्छ । कतिपय अवस्थामा के सम्म पनि हुन्छ भने घुँडामा चोट लाग्छ र रगत भित्रभित्रै जमेर बस्छ । जसका कारण घुडा सुन्निने गर्छ ।
उपचार विधि
पहिले पहिले हेमोफिलियाको उपचार करिब करिब असम्भव थियो । हिजोआज इन्जेक्सनको प्रयोगद्वारा पनि रगतमा फाल्चाको निर्माण गर्न सकिन्छ । हेमोफिलियाको समस्या गम्भीर छैन भने औषधीको सेवनबाट पनि यो समस्या कम गर्न सकिन्छ । यो समस्या आनुवंशिक भएका कारण हेमोफिलिया रोगबाट ग्रसित आमाबाबुबाट जन्मने शिशुमा यो रोगको संक्रमण नहोस् भन्नका लागि गर्भावस्थामै पनि यस रोगको जाँच गर्न सकिन्छ ।
परिवारमा एकजनालाई यो रोग भएमा परिवारका अन्य सदस्यलाई समेत यो रोग लाग्ने सम्भावना अत्यधिक हुने गर्छ । त्यसमध्ये पनि धेरैमा फ्याक्टर ‘आठ’को कमी हुने सम्भावना धेरै हुने भएकाले चिकित्सकहरूले यसको उपचार सुरु गर्नुपूर्व शरीरमा कुन घटकको कमी छ, त्यो पत्ता लगाउने गर्छन् । अनि मात्र इन्जेक्सन तथा औषधीद्वारा यसको उपचार गर्छन् ।
Previous Articleभूवन र नायिका जीया केसी लिभिङ टूगेदरमा
Next Article राजधानी तोक्ने समितिको म्याद थप