लागोस, नाइजेरिया, १३ बैशाख – नाइजेरियाको मध्यउत्तरतर्फ पर्ने बेन्यु राज्यमा रहेको एउटा चर्चमा भएको आक्रमण परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । राज्य सरकारका प्रवक्ता टेर्भेर अकासले शङ्कास्पद गोठालाहरुले चर्चमा आक्रमण गरेका र उनीहरु मारिएका जानकारी दिए । घटनाका कारण राज्यका गभर्नरले आफ्नो घरायसी विदा र भ्रमण छोट्याएको उनले बताए।
फुलानी समुदायका गोठालाहरुको आक्रमणबाट उनीहरुको मृत्यु भएपछि सुरक्षा चुनौती थपिएकाले उनले विदा छोट्याएर फर्किएका हुन्। घटनामा परी मृत्यु हुनेमा दुई जना क्याथोलिक पुजारी र अरु ११ जना पुजामा संलग्न भक्तजनहरु रहेका अधिकारीहरुले बताएका छन्। सेन्ट इग्नाट्यिुस क्वासी क्याथोलिक पारिसमा आक्रमण भएको अधिकारीहरुले बताएका छन्। बिहान सवेरै प्रार्थना भईरहेका बेला आक्रमणकारीहरुले चर्चमा एकाएक आक्रमण गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
उनीहरुले प्रहरी र पत्रकारलाई दिएको जानकारीअनुसार स्थानीय समयानुसार बिहान पाँच बजे आक्रमणको घटना भएको थियो। राष्ट्रपति मोहम्मद बुहारीले बेन्युको घटनालाई तल्लो स्तर र घटिया कार्य भएको भनि टिप्पणी गरेका छन्। रासस/सिन्ह्वा
Previous Articleकिशोरको भूकम्प गाथा ‘कम्पन’
Next Article भूवन र नायिका जीया केसी लिभिङ टूगेदरमा