प्रेम बहादुर थापा
भगवान नै हुन डाक्टर लोक विरामी पर्दा
मानवता नै धर्म हो निस्वार्थ सेवा गर्दा ।
आत्मै देखि राहत मिल्छ विमार निको हुँदा
आधा विमार निको हुन्छ डाक्टरले छुँदा ।।
प्राचीन कालमा धामी हुन्थे विमार निको पार्ने
रोग पहिचान नहुँदामा विरामी नै मार्ने ।
पहिचान नहुदा रोगको लक्षण रोग अन्यत्र सर्ने
धामी झाँक्रीमा विश्वास पर्दा विरामी नै मर्ने ।।
अझै पनि दुर दराजमा धामी झाँक्री मान्छन्
गजा ढ्याङग्रा ठोकी ठोकी उपचार ग¥या ठान्छन् ।
प्रतिरक्षा स्वभाविक हुँदा विरामी उठ्छ लुरुङ्ग
विरामी ठिक पारेँ भनि धामी बन्दछ फुरुङ्ग ।।
धनको भरमा डाक्टरी पढ्न विदेश तिर जान्छन्
डाक्टर पढी फर्के पछि आफूलाई विशेषज्ञ ठान्छन् ।
ठान्छन् विरामीलाई प्रयोगशाला प्रेस्काइव धेरै गर्ने
प्रतिक्षालय वने सरकारी अस्पताल प्राइभेट क्लिनिक भर्ने ।।
उच्च वर्गमा मानिसहरु विदेश भ्रमण गर्छन्
दुर्गम ठाउँका मानिसहरु सिटामोल नपाई मर्छन् ।
धनी गरीव बीचको खाडल कहिले होला फोर्नै
कस्ती मसी रहेछ दैब भाग्य रेखा कोर्ने ।।
साना ठूला धनी गरीव पर्दछन् विरामी अकस्मात्
विरामी बचाउने डाक्टर हौ तिमी देवता साक्षात् ।
गर्नुहुन्न भेदभाव कसैलाई पवित्र होस भावना
मिलोस डाक्टरको विशेषज्ञ सेवा यहि शुभ–कामना ।।
–काठेखोला गाउँपालिका–७ रेश
(हाल) सिद्धार्थ शिक्षा सदन, बागलुङ