काठमाडौं, ११ बैशाख – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन २८ वर्ष पुरानो भयो। २० वर्षसम्म नेपालको हवाई यातायातको चाप थेग्न सक्ने प्रक्षेपण गरिएको थियो। तर, ०४७ मा भवन बनेपछि त्यसपछिका सरकार न यसको विकल्प खोज्नतिर लागे, न विमानस्थलको विस्तारमा गम्भीर भए। त्यसैले एउटा मात्रै धावनमार्गको भरमा दैनिक चार सयभन्दा बढी उडान–अवतरण गर्दा विमानस्थल साँघुरो भएको छ।
काठमाडौंको हवाई ट्राफिक चाप घटाउने उपाय खोजी गर्दै जाँदा काभ्रेको ठूलीचौरमा पटक–पटक सम्भाव्यता अध्ययन गरिएको छ।
प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनका अनुसार ठूलीचौरमा एटीआर ७२ क्षमतासम्मका जहाज अट्ने गरी आन्तरिक विमानस्थल बनाउन सक्ने सम्भावना अध्ययनले देखाएको थियो। तर, तत्कालीन सरकारहरूले यसमा चासो देखाएनन्। अहिले पनि विमानस्थलबाट आन्तरिक उडान सार्न सक्ने विकल्पका रूपमा ठूलीचौरलाई लिइएको छ। तर, अब विमानस्थल बनाउन थाल्ने हो भने पनि कम्तीमा दुई वर्ष लाग्छ। यो विषयमा अहिलेको सरकार पनि अस्पष्ट छ।
विमानस्थलमा ट्राफिक जामको कारण २८ वर्षअघिको संरचना
Previous Articleलोकतन्त्र दिवस: नेताको कार्यशैलीमा भएन परिवर्तन
Next Article झाँक्री र डाक्टर