तेजपात खाना मीठो बनाउन मात्र प्रयोग गरिँदैन, यसका थुप्रै स्वास्थ्य सम्बन्धी फाइदा पनि छन् । जुन कुरा आयुर्वेदमा उल्लेख गरिएको छ । तेजपात तनाव हटाउनका लागि प्रयोग गरिन्छ, यसको धूवाँबाट तनाव भगाउन सकिन्छ । राती सुत्नुअघि कोठामा तेजपातको धूवाँ फैलाइयो भने तनाव हट्नुका साथै सास तथा छालासम्बन्धी समस्या पनि समाधान हुन्छन् । यसबाट अरू पनि थुप्रै फाइदा मिल्छन् तर धूवाँ कसरी फैलाउने भन्ने कुराको जानकारी भने हुनु आवश्यक छ अन्यथा बढी धूवाँका कारण नकारात्मक असर पनि पर्नसक्छ । तेजपातको धूवाँले अरोमाको काम गर्छ । यसका थुप्रै फाइदा छन् । यसको विषयमा रुसका एक वैज्ञानिकले अध्ययन गरेका थिए र नतिजास्वरूप के पाए भने यसले मानिसको तनाव कम गर्नसक्छ । त्यति बेलादेखि तेजपातलाई अरोमा थेरापीका लागि प्रयोग गर्न थालियो । यसका साथै यो छाला तथा श्वासप्रश्वाससम्बन्धी समस्यालाई ठीक पार्न पनि सहयोगी सिद्ध हुने गर्छ । –तनाव हटाउन तथा सुगन्ध फैलाउन कसरी प्रयोग गर्ने तेजपात ?ः एउटा ताजा तर सुकेको तेजपात लिने । यसलाई कचौरा वा कुनै एक ठिकको भाँडोमा राखेर घरबाहिर लगी बाल्ने । त्यसलाई घरभित्र ल्याई १५ मिनेट कोठामा राख्ने । तेजपातको सुगन्ध कोठाभरि फैलन्छ । यसबाट आनन्दित तथा तरोताजा महसुस हुन्छ । तेजपातलाई प्राचीन समयदेखि नै विभिन्न रोगको उपचारका लागि प्रयोग गरिँदै आइएको छ । घरलाई सुगन्धित बनाउन रुम फ्रेसनर तथा महँगा अत्तरको सट्टा तेजपातको प्रयोग गर्नु राम्रो हुन्छ । तेजपातले रुम फ्रेसनरको काम गर्नुका साथै वातावरणमा रहेका ब्याक्टेरियालाई समेत मार्छ । –थकाइ हटाउन मद्दत गर्छः तेजपातको धूवाँले थकाइ हटाउन मद्दत गर्छ । यसको धूवाँ तथा गन्धले मस्तिष्क शान्त राख्छ, मस्तिष्कको नसामा आराम पुग्छ तथा साससँगै भित्र पस्ने यसको धूवाँले मानिसको प्रतिरक्षा प्रणाली अर्थात् इम्युन सिस्टम बलियो पार्छ । –छारेरोगमा उपयोगीः तेजपात एन्टीइन्फ्रेलेमेटरी हुन्छ । छारे रोग भएका व्यक्ति यसको धूवाँमा बस्नु राम्रो मानिन्छ । यसको धूवाँमा छारे रोगलाई जरैदेखि निर्मूल पार्ने गुण हुन्छ । –छालाका लागि लाभदायकः तेजपातको तेलमा मिनरल्स, भिटामिन्स तथा एन्टिअक्सिडेन्ट पाइनछ । त्यसकारण यो तेल मानिसको छालाका लागि अत्यावश्यक मानिन्छ । यसलाई लगाउनाले छाला कोमल, सफा एवं कीटाणुरहित बन्छ । –साङ्ला हटाउन प्रभावकारीः तेजपात साङ्ला भगाउनका लागि समेत प्रभावकारी हुन्छ । तेजपातलाई बालेर कोठामा राखिदिँदा साङ्लाहरू भाग्छन् । साङ्ला मार्न वा भगाउन अपनाइने अन्य रासायनिक उपायभन्दा यो प्रभावकारी एवं स्वस्थ हुन्छ । –एजेन्सीको सहयोगमा
Previous Articleनगर भित्रका सबै बिद्यालयमा अंग्रेजी माध्यममा पढाउन निर्देशन
Next Article समयमै सासु भत्ता