बागलुङ, १८ असोज – गाजा युवा क्लब नेपालबाट नाम परिवर्तन भएको नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, बालबालिका, समावेशीकरण जस्ता क्षेत्रमा काम गर्दै आएको फाउन्डेसनले आगामी दिनमा पनि सामाजिक विकासका कामलाइ अझै अगाडि बढाउँदै लैजाने योजना समेत बनाएको बताइएको छ ।
साधारणसभाले पनि हाल सम्म गर्दै आएका क्रियाकलापको सफलताबाट सिकेर आगामी दिनमा अझै सेवामूलक काममा लाग्ने प्रतिवद्धता जनाएको कावा अध्यक्ष यामप्रसाद कंडेलले बताए । कार्यक्रमका सहभागिवक्ताहरुले गैरसरकारी संस्था भएर पनि फाउन्डेसनले देश विकासको इटा थप्ने काममा योगदान गरेको भन्दै प्रसंसा गरेका थिए ।
साधारणसभामा रोटरी इन्टरनेशनल डिस्ट्रक ३२९२का पूर्व केन्द्रीय अध्यक्ष किरणलाल श्रेष्ठले गैरसरकारी संस्थाहरु राज्यको सहयोगी बनेर अगाडि बढ्नुपर्ने बताए । उनले राज्यका इकाइ नपुगेको स्थानमा फाउण्डेसन पुगेर गरेको कामले सयौं नेपालीले शिक्षा, स्वास्थ्य र विकासको लागि सहयोग पाएको बताए ।
फाउन्डेसनका कावा अध्यक्ष यमप्रसाद कंडेलको अध्यक्षता, सचिव गीता श्रीषको संचालन, सदस्य ताराबहादुर विकको स्वागतमा सम्पन्न कार्यक्रममा काँग्रेस सभापति दिपेन्द्रबहादुर थापा, एमाले अध्यक्ष श्रीप्रसाद शर्मा, जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रबरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठ, अधिवक्ता भूमिश्वर गौतम, प्लान नेपाल क्षेत्रीय कार्यालय बागलुङका प्रवन्धक नितु आचार्य, सुआहारा कार्यक्रमका संयोजक जगदिश लोहार, गैसस महासंघका अध्यक्ष मुक्तिराम सापकोटा, डिसिआरडिसीकी कार्यकारी सचिव सिर्जना थापा, कार्यसमिति सदस्य नवराज पौडेल, आजिवन सदस्य डिलबहादुर काउचा र भवानीप्रसाद कंडेलले बोलेका थिए ।
कार्यक्रममा सचिव गीता श्रीषले आव २०७२/७३ को प्रगती प्रतिवेदन र कोषाध्यक्ष प्रकार राजभण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । फाउन्डेसनले शिक्षिक भविष्य, विद्यालय पुस्तकालय, सुआहारा, समुदायिमा आधारित दिगो भूव्यवस्थापन कार्यक्रम तथा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम एलजिसिडिपी परियोजना संचालन गरेको छ ।
त्यस्तै बालिका अगाडि बढाऔं, सामाजिक समावेशीकरण तथा विभेद रहित परियोजना, प्रारम्भिक पढाइ बिकास कार्यक्रम, साना किसानहरुको लागि आइपिएम, गुणस्तरीय शिक्षा, शान्तिका लागि विकास तथा प्रकोप न्युनिकरण सहयोग परियोजना समेत संचालन गर्दै आएको हो । ती सबै क्रियाकलापमा ७ करोड ९० लाख रुपैयाँको कारोवार भएको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा दाता संस्थाहरु मध्ये प्लान इन्टरनेशनल नेपालकी प्रवन्धक नितु आचार्य र कार्यरत कर्मचारीको तर्फबाट बलराम शर्मालाइ सम्मानित गरिएको थियो ।
Previous Articleटोलीद्धारा अखाद्य वस्तु बरामद
Next Article असोज १८ देखि २४ गतेसम्मको साप्ताहिक राशिफल