बलिउडमा पछिल्लो समय विहेको सिजन नै चलेको छ । विपाशा बसुदेखि अनुष्का शर्मासम्मको विहे र सोनम कपुरको विहे मिति तयसम्मका खबर आइसकेका बेला अब अहिले चर्चित अभिनेत्री दीपिका पादुकोण पनि विहेको तयारीमा लागेकी छन् । उनले आफ्ना ब्वाईफ्रेण्ड अभिनेता रणवीर सिंहसँग विहे गर्न आवश्यक तयारी थालेकी हुन् । विहेका लागि दुबैको परिवारमा दुईपटक सामूहिक भेट भइसकेको र विहे गरिदिने सहमति समेत भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो भेट एक हप्ताअघि मुम्बईमा भएको बताइएको छ ।
विहेकोसहमति भएपछि दीपिकाले आफू असल बुहारी बन्न केही कदमहरु उठाएकी छन् । जस्तो कि उनले सासु र नन्दसँग नजिक (घुलमिल, आत्मिय) हुन खोजेकी छन् । त्यसका लागि सासु र नन्दसँग सपिङ गरिरहेकी छन् । फिल्मको शुटिङबाट विदा लिएर उनी हुनेवाला श्रीमानका परिवारसँग समय विताइरहेकी छिन् ।
दुबैबीच सेप्टेम्बर वा डिसेम्बरमा विहे हुने आन्तरिक तयारी रहेको बताइएको छ। विहे मिति तय भइनसक्दा दीपिकाले भने सासु र नन्दसँग शपिङमा व्यस्त छिन्। रणवीरको घरमा दीपिकाको आवतजावत बढेको छ । त्यस्तै रणवीर पनि दीपिकाको घर जाने गरेका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार दुबैको विहे निजी र हिन्दू परम्पराअनुसार हुनेछ । – एजेन्सी
Previous Articleअनिवार्य सरकारी विद्यालयमा पढाउनु पर्ने
Next Article दिल्ली–काठमाडौं चल्ने बसमा रक्तचन्दन तस्करी