काठमाडौं, २१ चैत– भारतको राजधानी दिल्लीबाट यात्रु लिएर काठमाडौं आएको बसमा रक्तचन्दन फेला परेको छ । दिल्लीबाट काठमाडौं आएको ना ४ ख ४५१६ नम्बरको यात्रुबसमा भाँडाको आकारमा बनाइएर ल्याइएको रक्तचन्दन फेला परेको हो । दिल्लीबाट नेपालगञ्ज नाका हुँदै काठमाडौं आएको बसमा चेजजाँच गर्दा अवैध रुपमा ल्याइएको कपडा समेत फेला परेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त कालीमाटीद्वारा कंलकीमा चेक प्वाईन्ट राखि चेक गर्दा बसमा सीट मुनी फल्स बटन बनाएर राखिएको रक्तचन्दन फेला पारेको थियो । भाडाको आकार बनाएर ल्याइएको १५ गोला रक्त चन्दन फेला परेको प्रहरीले जनाएको छ । गाडीको हुटको तल माथी, दायाँ, वायाँ फल्स वटम वनाई कुर्था, सुरुवालहरुको ३३९ पोका लुकाई राखेको अवस्थामा फेला परेको थियो । प्रहरीले गाडीका चालक र सहचालकलाई चिन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।