मुकुन्द शर्मा
वर्तमान समयमा विश्वमा आर्थिक विकासको गति अत्यन्तै तीव्र बन्दै गएको र औधोगिक व्यवसायका आर्थिक क्रियाकलापको गतिविधिको जानकारीबाट विभिन्न आर्थिक सूचकहरु जस्तै श्रमको उत्पादकत्व, उत्पादकको मुल्य, उत्पादन क्षमताको उपयोग, कारोवारको स्थिती आदि जस्ता विभिन्न आर्थिक तथ्याङ्कहरु उपलब्ध हुन्छन् । सरकारले अवलम्बन गर्ने आर्थिक नीति निर्माण गर्न आधारभूत तत्वका रुपमा आर्थिक तथ्याङ्कहरु उपलब्ध हुनुपर्ने हुन्छ । तसर्थ देशको समग्र आर्थिक जगतको विस्तृत अवस्थालाई बुझ्न त्यससंग सम्बन्धित सर्वेक्षण, गणना आदि अपरिहार्य हुन्छ । आर्थिक गणनाबाट विभिन्न औधोगिक व्यावसाय लगायत अन्य आर्थिक इकाईहरुको विस्तृत तथ्याङ्कीय सूचना प्राप्त हुन्छ जस्ले आर्थिक विकासको अनुमान र तुलनाका लागि आधार खडा गर्छ ।
नेपालको चालु योजना र विगतका आवधिक योजनाहरुमा पनि समग्र विकासको लक्ष्यका रुपमा दिगो आर्थिक बृद्धि हासिल गरी गरिबीको अवस्थाबाट मुलुकलाई मुक्त पार्ने रहिरहेको सन्दर्भमा यस लक्ष्यलाई पुरा गर्न भरपर्दो सूचना आवश्यक पर्ने र सरकारको ३ खम्बे अर्थ नीति अन्तर्गत पनि तिनवटै क्षेत्रको यथार्थ मूल्यांकन गर्दै देशलाई अल्प विकसितबाट विकासशिल मुलुकको पंतिmमा उभ्याउन पनि निकटमा सञ्चालन गर्न लागिएको आर्थिक सर्वेक्षण फलदायी बन्न जाने देखिन्छ । मुलुकको स्तरोन्नतिको प्रक्रियामा राष्ट्र विशेषका विभिन्न सुचकांकहरु तयार गर्नुपर्ने हुन्छ । तीमध्ये प्रतिव्यक्ति कुल राष्ट्रिय आय पनि एक हो । यसका लागि औपचारिक तथा अनौपचारिक आर्थिक क्रियाकलापहरुको व्यवस्थित सूची तथा ती क्रियाकलापहरुबाट सृजित कारोवारहरुको विवरणवाट राष्ट्रिय लेखाका तथ्याङ्कहरु तयार गरिनु आवश्यक छ । सामाजिक आर्थिक विकासका लागि सहस्राब्दी विकासका लक्ष्यहरुको पदचापलाई पहिल्याउँदै नेपालले सन् २०३० सम्म दिगो विकासका लक्ष्यहरु हासिल गर्ने योजनालाई निरन्तरता दिने भएको छ । स्तरोन्नतिको लक्ष्य हासिल गर्न र दिगो आर्थिक बृद्धि गरी दिगो विकासको लक्ष्यहरु पाप्ति गर्न आवश्यक पर्ने बृहत आर्थिक तथ्याँकहरु प्राप्त गर्न पनि आर्थिक गणना अपरिहार्य छ ।
आर्थिक गणनाको अवधारणा
आर्थिक गणना एक बृहत तथ्याङ्कीय क्रियाकलाप हो । जुन राष्ट्रिय तथ्याङ्क कार्यालयहरुबाट कुनै निश्चित समयावधिको अन्तरमा सञ्चालन गरिन्छ । यस तथ्याङ्कीय क्रियाकलाप अन्तर्गत देशको सम्पूर्ण भूभाग भित्र सञ्चालनमा रहेका वा अवस्थित रहेका सबै आर्थिक एकाईहरुको तथ्याङ्कीय विवरण संकलन गरिन्छ । यस क्रियाकलाप अन्तर्गत अन्तराष्ट्रिय औद्योगिक वर्गीकरणमा उल्लेख गरिएका केही खण्डका जस्तै कृषि, वन र मत्स्य क्रियाकलापहरु, सार्वजनिक प्रशासन जस्ता क्रियाकलापहरु बाहेक अन्य खण्डमा उल्लेखित सम्पूर्ण व्यवसायिक क्रियाकलापहरुको एकै सन्दर्भ अवधिमा पूर्ण गणना गरिन्छ । यसैले सम्पुर्ण आर्थिक एकाईहरु सम्बन्धी तथ्याङ्क संकलन, संग्रह, प्रशोधन, विश्लेषण र ती आर्थिक एकाईहरुको तथ्याङ्कीय विवरण प्रकाशन तथा वितरण गर्ने सम्पूर्ण क्रियाकलापलाई आर्थिक गणना भनिन्छ । आर्थिक गणनाको महत्व देशको आर्थिक विकासका लागि तर्जुमा गरिने आर्थिक नीति तथा योजनाहरुका लागि मात्र नभएर तथ्याङ्कीय व्यावसायिक रजिस्टर स्थापना गर्न र हरेक क्षेत्रका उद्योगी, व्यवसायी, अनुसन्धानकर्ताहरु तथा अन्य समुदायका लागि आ–आफ्नो क्षेत्रको विकास तथा व्यवसायको विस्तार जस्ता कार्य योजना तर्जुमा गर्न पनि आर्थिक गणनाको औचित्य रहेको छ । जस्तैः विभिन्न उद्योग तथा व्यापारिक संगठनहरु, च्याम्बर अफ कमर्स आदिले आर्थिक विकास तथा व्यवसायिक निर्णयहरु गर्नका लागि आर्थिक गणनाबाट प्राप्त हुने तथ्याङ्कीय सूचनाको प्रयोग गर्न सक्छन् । यस्तै सरकारी तथा विकास साझेदार निकायहरु, विश्लेषकहरु, व्यावसायिक संगठनहरुले पनि आर्थिक विकास सम्बन्धि नीति तथा योजनाहरु तर्जुमा गर्न पनि आर्थिक गणनाबाट प्राप्त हुने तथ्याङ्कहरु प्रयोग गर्न सक्छन् । यसका साथै कुनैपनि उद्योगी तथा व्यवसायीलाई आफ्नो व्यवसायको लगानी योजना तर्जुमा गर्न र व्यवसाय विस्तार गर्न पनि आर्थिक गणनाका तथ्याङ्कीय नतिजाहरु अति उपयोगी हुन्छन् ।
यस्तै विभिन्न समष्टिगत आर्थिक सूचकहरुको गुणस्तरलाई अभिवृद्धि गर्न र राष्ट्रिय लेखा अनुमान गर्न आवश्यक पर्ने, विभिन्न आर्थिक तथ्याङ्कका स्रोतहरु विस्तार गर्न पनि अझ आर्थिक गणनाबाट प्राप्त हुने नतिजाको बढी महत्व रहेकोछ । यसैले देशको अर्थतन्त्रमा समावेश रहेका विभिन्न आर्थिक व्यावसायिक क्रियाकलापहरु मापन गर्नका लागि निश्चित समायावधिमा सञ्चालन गरिने आर्थिक गणना जस्तो बृहत्तर तथ्याङ्कीय क्रियाकलाप एक महत्वपूर्ण कोशेढुंगा हो । व्यावसायिक प्रतिस्पर्धात्मक स्थिति थाहा पाउन, मुलुकको अर्थतन्त्रको विशेषताहरुको वास्ताविकता थाहा पाउन, व्यावसायिक एकाईहरुको अवस्थिति तथा आकार सम्बन्धी सूचना प्राप्त गर्न, व्यवसायको विभिन्न विशेषताहरु एकरुप, तुलनात्मक तथा विस्तृत ढंगले मापन गर्न र कुल गार्हस्थ्य उत्पादन, उत्पादन तथा मुल्य सूचकांक, खुद्रा विक्री तथा अन्य तथ्याङ्क जस्ता आर्थिक सूचकहरुका लागि सही वेन्चमार्क तथ्याङ्क प्राप्त गर्न आर्थिक गणनाको अपरिहार्यता रहेको हुन्छ ।
नेपालमा वि.स. २०२२ देखि सञ्चालित औद्योगिक गणनालाई आंशिक आर्थिक गणनाको सुरुवातको रूपमा बुझ्न सकिन्छ तर एकै सन्दर्भ अवधिमा सबै व्यावसायिक आर्थिक एकाइको पूर्ण गणना हालसम्म नेपालमा सञ्चालन गरिएको छैन । आर्थिक तथ्याङ्क महाशाखा अन्तर्गत आर्थिक गणना शाखाको वि.स. २०७० मा स्थापना भएपछि आर्थिक गणना सञ्चालन गर्नुपर्ने दायित्व रहन आएको छ । यस सन्दर्भमा विभिन्न आर्थिक क्रियाकलापहरु सञ्चालन गर्ने उद्योग, व्यापारिक प्रतिष्ठान, तथा विभिन्न सेवाहरु उपलव्ध गर्ने प्रतिष्ठान तथा एकाइहरुको वर्तमान अवस्थाबारे आधारभूत तथ्याङ्क प्राप्त गर्न, विभिन्न तथ्याङ्कीय अध्ययन तथा सर्वेक्षणहरु सञ्चालन गर्न आवश्यक पर्ने सम्पूर्ण आर्थिक एकाइहरुको सूची अर्थात मास्टर स्याम्पल फ्रेमका लागि ती आर्थिक एकाइहरुको व्यावसायिक रजिष्टर तयारी गर्नका लागि नेपालमा पनि आर्थिक गणना सञ्चालन गर्नु पर्ने आवश्यकता महशुस भएको छ । यसैले केन्द्रीय तथ्याङ्क विभागले सन् २०१८ तदनुरुप आ.व. २०७४ र ०७५ मा नेपालमा प्रथमपटक आर्थिक गणना सञ्चालन गर्न लागिएको हो । यस गणनामा अन्तराष्ट्रिय औद्योगिक वर्गीकरण खण्ड ए, कृषि, वन तथा मत्स्य, खण्ड ओ को सार्वजनिक प्रशासन तथा रक्षा, अनिवार्य सामाजिक सुरक्षाका क्रियाकलापहरु, खण्ड टि को घरपरिवारका क्रियाकलापहरु र खण्ड यु का वाह्य संगठनका क्रियाकलापहरु बाहेक अन्य खण्डका व्यावसायिक क्रियाकलापहरुको गणना गर्ने योजना रहेको छ । प्रस्तावित आर्थिक गणनाको मूल उद्देश्य देशमा आर्थिक नीति तर्जुमा तथा आर्थिक सामाजिक विकासका लागि विस्तृत तथ्याङ्कीय सूचना उपलव्ध गराउनु हो । नेपालमा आर्थिक गणनाको सञ्चालनबाट देश भरी छरिएर रहेका वा सञ्चालित विभिन्न प्रकारका आर्थिक एकाईहरुको आकार तथा वितरण सम्बन्धी सही, विश्वसनीय र समयमै विस्तृत तथ्याङ्क उपलव्ध गर्ने व्यवस्थित तथ्याङ्कीय क्रियाकलाप हो । यसका साथै भविष्यमा सञ्चालन गरिने आर्थिक गणनाहरुबाट औपचारिक तथा अनौपचारिक व्यावसायिक दुवै क्षेत्रहरुमा संरचनागत परिवर्तनहरुको स्वरुपका बारेमा पनि सूचना प्रदान गर्नेछ । यस आर्थिक गणनाको सञ्चालनबाट कुल ग्राहस्थ्य उत्पादनको संरचना, क्ष्लउगत र यगतउगत मापन, उत्पादन तथा मूल्य सूचकांक र अन्य तथ्याङ्कीय क्षेत्रहरुको फ्रेमवर्कका लागि आवश्यक पर्ने महत्वपूर्ण आँकडाहरु पनि उपलव्ध गराउनेछ । मुलुकलाई विकासशील देशमा स्तरोन्नति गर्नेतर्फ वर्तमान चुनौतीहरुलाई सामना गर्न आवश्यक पर्ने बृहत आर्थिक तथ्याङ्कलाई परिपूर्ति गर्न आर्थिक गणना एक अत्यावश्यक तथ्याङ्कीय क्रियाकलाप हो ।
नेपालमा क्रियाशील सबै प्रकारका व्यावसायिक प्रतिष्ठानहरु तथा इन्टरप्राइजेजहरुको विवरण रहने तथ्याङ्कीय व्यावसायिक रजिष्टरको स्थापना गरी देशको तथ्याङ्कीय संरचनालाई मजबुत गर्ने यस आर्थिक गणनाको मूल लक्ष्य रहेको छ । नेपाल सरकारले तयार गर्दै गरेको तथ्याङ्क विकासका लागि राष्ट्रिय रणनीतिमा पनि सन् २०१८ नेपालको आर्थिक गणना २०१८ को आवश्यकता र यसको सञ्चालनका विषयमा स्पष्ट उल्लेख गरेको छ । नेपालमा आर्थिक गणना सञ्चालन गर्न जापान सरकारको प्राविधिक सहयोग जापान सरकारको अन्तरराष्ट्रिय सहयोग निकाय संस्था जाइका ९व्क्ष्ऋब्० ले सन् २०१८ मा नेपालमा आर्थिक गणना सञ्चालन गर्नका लागि क्षमता विकासका लागि प्राविधिक सहयोग रहेको छ । यसै सन्दर्भमा केन्द्रीय तथ्याङ्क विभागले वि.सं. २०७५ शुरुमा नै नेपालमा प्रथम पटक राष्ट्रिय आर्थिक गणना सञ्चालन गर्ने गरी सम्पुर्ण तयारी पुरा गरेको छ । स्थलगत तथ्यांक संकलनको लागि वि.सं. २०७४ साल चैत्र १ गतेबाट सबै ७७ जिल्लामा आर्थिक गणना कार्यालय स्थापना गरी स्थलगत तथ्याङ्क संकलनको लागि जनशक्ति व्यवस्थापनको काम भईरहेको छ ।
आर्थिक गणना के हो ?
देशभित्र अस्तित्वमा रहेका र क्रियाशील सबै व्यावसायिक प्रकृतिका आर्थिक एकाइहरू (वस्तु उत्पादन तथा सेवा प्रदान गर्ने प्रतिष्ठान÷व्यवसायहरू) मा पुगी गणनाको निर्धारित प्रकृया अनुसार तोकिएको समयभित्र विभिन्न आर्थिक एकाइहरूको विवरण संकलन, प्रशोधन, विश्लेषण, प्रकाशन एवं वितरण गर्ने समष्टिगत प्रक्रियालाई आर्थिक गणनाू भनिन्छ ।
आर्थिक गणनामा समावेश हुने क्रियाकलापहरु
संयुक्त राष्ट्र संघको परिभाषाअनुसार गणनाको लागि कुनैपनि व्यावसायिक प्रकृतिको प्रतिष्ठानलाई गणना एकाइको रूपमा लिइएको छर त्यसलाई निम्नानुसार परिभाषित गरिएको छ । ूप्रतिष्ठान भन्नाले एउटै स्वामित्व वा नियन्त्रणमा कुनै निश्चित स्थानमा रही एकै वा मुख्य रूपले कुनै एउटा आर्थिक क्रियाकलाप गर्ने वा खास आर्थिक क्रियाकलापमा संलग्न एउटा आर्थिक एकाइलाई बुझाउँदछ ।
व्यवसायीक प्रतिष्ठान भनेको के हो
आर्थिक गणनामा तथ्याङ्क संकलन गर्न लागिएको आर्थिक एकाइ नै मूलतः एउटा प्रतिष्ठान हो । एउटा निश्चित वा एकल स्थानमा अवस्थित वा स्थापना गरिएको आर्थिक एकाइलाई प्रतिष्ठान भनिन्छ । यस्ता प्रतिष्ठानले मुख्यतया एकै प्रकारका मात्र आर्थिक क्रियाकलापहरू सञ्चालन गरेका हुन्छन् । प्रतिष्ठान कुनै पनि आकार (कष्शभ), प्रकार (प्ष्लम) र किसिम (तथउभ) को आर्थिक एकाइ हुनसक्दछ । उदाहरणार्थ सबै प्रकारका पसलहरू, अस्पतालहरू, विद्यालयहरू, विश्व विद्यालयहरू, तालिम केन्द्रहरू, साना ठूला होटलहरू, चमेना गृहहरू, दर्ता भएका कृषि व्यवसाय, वस्तु उत्पादन गर्ने उद्योगहरू, ल फर्महरू, अडिट फर्महरू, वैंक, सहकारी, राजनैतिक पार्टीका संगठन तथा भातृ संगठन, मठमन्दिर, उपभोक्ता समूह, आदि आर्थिक एकाइ अन्तर्गत पर्दछन् ।
आर्थिक गणनामा कस्ता प्रतिष्ठानको गणना गरिन्छ ?
आर्थिक गणनामा विभिन्न वस्तु तथा सेवा उत्पादन गर्ने प्रतिष्ठान व्यवसायहरूको गणना गरिन्छ । जस्तै ढुंगा, बालुवा तथा खनीज पदार्थको उत्खनन् क्रियाकलाप गर्ने व्यवसायहरु विभिन्न वस्तु उत्पादन गर्ने लघु, घरेलु, साना, ठुला सबै खालका उद्योगहरु, होटल लज व्यवसायहरु, निर्माण व्यवसायहरु, संस्थागत यातायात सेवा सञ्चालन गर्ने व्यवसाय सूचना तथा सञ्चार सम्बन्धी क्रियाकलाप गर्ने व्यवसाय, वस्तुको थोक तथा खुद्रा बिक्री गर्ने व्यापार व्यवसायहरु, बैंक जस्ता वित्तीय संस्थाहरु, घरजग्गाको कारोवार गर्ने व्यवसायहरु, विद्यालय, विश्वविद्यालय जस्ता शैक्षिक प्रतिष्ठानहरु, स्वास्थ्य सेवा दिने अस्पताल तथा संस्थाहरु, विभिन्न प्रकारका विशेषज्ञ तथा प्राविधिक सेवा जस्तै इन्जिनीयरिंग, लेखा परीक्षण, कानुनी सेवा, लेखापढी आदि जस्ता सेवा उपलव्ध गर्ने सेवा व्यवसायहरु, सेक्रेटेरियल सेवा, ट्राभेल एण्ड टुर सेवा, ट्रेकिंग सेवा, सेक्युरिटी गार्ड, क्याटरिंग सेवा, म्यानपावर सेवा जस्ता सहयोगी सेवा उपलव्ध गर्ने व्यवसायहरु, कला मनोरञ्जन सम्बन्धी सिनेमा हल जस्ता व्यवसायहरु, विभिन्न प्रकृतिका सेवा उपलव्ध गर्ने गैरसरकारी संस्थाहरु, विभिन्न व्यावसायिक संगठनहरु र दर्ता भएका पशुपालन, कुखुरापालन फार्म, दर्ता भएका चिया बगान, जडिबुटी फार्म, नर्सरी आदि ।
आर्थिक गणना किन गरिन्छ ?
देशको समग्र आर्थिक क्रियाकलापहरूको स्थितिको मुल्यांकन गर्न र उपयुक्त आर्थिक नीति तथा कार्यक्रमहरू तर्जुमा गर्नका लागि भरपर्दो, समसामयिक र गुणस्तरीय आर्थिक तथ्याङ्कको आवश्यकता पर्दछ । बृहत् र दिगो रूपमा आर्थिक तथ्याङ्कहरू उत्पादन गर्नका लागि आर्थिक तथ्याङ्क प्रणालीलाई मजबुत तुल्याउन आवश्यक छ । स्थानीय तहसम्म नै तथ्यमा आधारित योजना तर्जुमा गर्नको लागि स्थानीय तहसम्मका तथ्याङ्कको आवश्यकता पर्दछ । आर्थिक गणनाबाट प्राप्त हुने तथ्याङ्कले अर्थतन्त्र र आर्थिक एकाइहरूको आकार, प्रकार संरचना, रोजगारी लगायतका नीति निर्माणका लागि आवश्यक पर्ने विवरणहरू तथा आधारभूत सूचकहरू उपलव्ध गराउँदछ । यसैले स्थानीय तह, प्रदेश तह र संघीय तहसम्म आधारभूत तथ्याङ्क उपलव्ध गराउन केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय आर्थिक गणना २०७५ सञ्चालन गर्दैछ ।
आर्थिक गणनाका उद्देश्य के हुन् ?
संघ, प्रदेश तथा स्थानीय तहसम्म प्रतिष्ठान तथा व्यवसायको व्यावसायिक क्रियाकलाप सम्बन्धी वर्तमान अवस्था र यसका वित्तीय पक्षसहित आधारभूत तथ्याङ्कहरू उपलब्ध गराउनु, योजना तर्जुमा र नीति निर्माण गर्न आधारभूत आर्थिक तथ्याङ्कहरू उपलब्ध गराउनु, राष्ट्रिय लेखा प्रणालीको सुदृढीकरण गर्न तथ्याङ्कहरू उपलब्ध गराउनु, सम्बन्धित क्षेत्रका व्यवसायीहरू र प्राज्ञिक अनुसन्धानकर्ता तथा अन्य तथ्याङ्क प्रयोगकर्ताहरूलाई क्रमशः व्यवसायको विस्तार र समृद्धिको लागि नीति तथा योजना तर्जुमा गर्न र अध्ययन अनुसन्धानका लागि आवश्यक पर्ने तथ्याङ्कहरू उपलव्ध गराउनु यस राष्ट्रिय आर्थिक गणना २०७५ को मुख्य उद्देश्यहरू हुन् ।
आर्थिक गणना कसरी सञ्चालन गरिन्छ ?
यस आर्थिक गणनामा नेपालमा क्रियाशील सबै आर्थिक एकाइहरू (प्रतिष्ठान तथा व्यवसायहरू) को ठेगाना, दर्ता तथा स्वामित्व स्थिति, व्यवसाय सञ्चालन अवधि, व्यवसायको प्रकार, व्यवसायको शाखा प्रशाखाको स्थिति, मुख्य आर्थिक क्रियाकलाप, रोजगारी स्थिति, पँुजी लगानी, ऋणमा पहुँच आदि जस्ता विवरण संकलन गरिनेछ । नेपालको तथ्याङ्कीय इतिहासमा प्रथमपटक यस गणनामा कागजी प्रश्नावली फारामका साथै अनलाइन सर्वेक्षण (भ(अभलकगक) मार्फत उत्तरदाताले आफ्नो व्यवसायको विवरण आफैँ भर्न सक्ने र गणकमार्फत् ट्याव्लेट कम्प्युटर प्रयोग गरी गणना गर्न सकिने विधि अपनाइँदै छ । २०७५ साल वैशाख १ गतेदेखि जेष्ठ ३१ गतेसम्म यस विभागबाट आर्थिक गणनाका विवरणहरू संकलन गर्न प्रत्येक घरदैलो वा प्रतिष्ठान व्यवसाय स्थलमा गणकहरू आउनेछन् । गणकहरूलाई सही र यथार्थ विवरण उपलव्ध गराउनु सरोकारवाला सबै प्रतिष्ठान व्यवसायको कर्तव्य तथा दायित्व हो । राष्ट्रको आर्थिक विकासमा प्रत्यक्ष र परोक्ष रूपमा योगदान गर्ने यो एक अवसर हो ।आर्थिक गणनाबाट के प्राप्त हुन्छ राष्ट्रिय आर्थिक गणना २०७५ बाट मुख्यतया आर्थिक क्रियाकलाप अनुसार प्रतिष्ठानको कुल संख्या; प्रतिष्ठानहरूको वैधानिक स्थिति सम्बन्धी तथ्याङ्क; क्षेत्रगत प्रतिष्ठानहरूको घनत्व; लिंगअनुसार रोजगारीको स्थिति; वैदेशिक पूँजीको लगानी, कुल स्थिर सम्पत्तिमा भएको लगानी, प्रतिष्ठानहरूको ऋणमा पहुँच आदि जस्ता विभिन्न सूचकहरू प्राप्त हुनेछन् ।
आर्थिक गणनामा क–कसको भूमिका रहन्छ ?
तथ्याङ्ककै आधारमा योजना तर्जुमा तथा नीति निर्माण हुने भएकोले संकलित तथ्याङ्कहरू समसामयिक, भरपर्दो तथा विश्वसनीय हुनु जरुरी हुन्छ । यसका लागि तथ्याङ्कका सम्पूर्ण प्रयोगकर्ता, सरोकारवाला संघसंस्था, नागरिक समाज, पत्रकार र सिङ्गो राष्ट्रकै भूमिका त्यतिकै महत्वपूर्ण रहन्छ .यस आर्थिक गणनालाई सफलताका साथ सम्पन्न गर्न सरोकार राख्ने नेपाल सरकारका सबै निकायहरू, पत्रकार, उद्योगी, व्यवसायीहरू, शैक्षिक प्रतिष्ठानहरू, स्वास्थ्य व्यवसायीहरू, गैरसरकारी संस्था, साना तथा ठूला प्रतिष्ठान व्यवसायी तथा संघसंस्थाहरू र सबै नागरिकहरूको सहयोग तथा सद्भाव प्राप्त हुने केन्द्रीय तथ्याङ्क विभागले अपेक्षा तथा विश्वास लिएको छ । यसका साथै तथ्याङ्क ऐन २०१५ अनुसार व्यवसायहरूबाट संकलित विवरणहरू गोप्य रहने, प्रतिष्ठान व्यवसायको कर उठाउने प्रयोजनका लागि नभएको र केवल सामूहिक तथ्याङ्कीय प्रयोजनका लागि मात्र उपयोग हुने कुरामा सम्बन्धित सबैमा विश्वास दिलाउन चाहन्छौ । ‘आर्थिक गणना हामी सबैको गणना हो । त्यसैले आर्थिक गणनाको विवरण लिन घर घरमातथा प्रतिष्ठान व्यवसाय स्थल आउने गणकलाई ठीक ठीक जवाफ दिन हामी सबैको कत्र्तव्य हो ।’ (लेखक शर्मा आर्थिक गणना अधिकृत हुन् ।)
Previous Articleटारीफाँट–धाराटोल मोटरबाटो निर्माण शुरु
Next Article बिदा कटौती अनिवार्य