बागलुङ, ५ चैत– क्रियाशिल रोट्रयाक्ट क्लब अफ बागलुङले सप्ताहव्यापी कार्यक्रम पुरस्कार बितरण र छात्रबृत्ति प्रदान गरि समापन गरिएको छ । यस बर्षदेखि सञ्चालन गरेको सिग्नेचन प्रोजेक्टअन्र्तगत बागलुङ जिल्लाका ४ वटा सामुदायिक बिद्यालयका गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्ति बितरण गरिएको छ । बिद्यार्थीलाई जनही ५ हजारका दरले छात्रबृत्ति प्रदान गरिएको हो । यस बर्ष गणेश माविका छात्र सौरभ सुनार, मुलपानी माविका छात्रा पार्वती पौडेल, बालमन्दिर बिद्यालयका छात्र प्रदिप खड्का र सर्वोदय जनकमावि बिनामारेका छात्रा कुशुम सुनारलाई छात्रबृत्ति प्रदान गरिएको हो ।
सप्ताहको अवसरमा आयोजित प्रतियोगितामा बिजयी हुनेलाई पुरस्कार बितरण गरिएको थियो । सप्ताहको समापन समारोहको उद्घाटन जिल्ला शिक्षा कार्यालय बागलुङका सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्यायले गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बिश्वराजसिं थापा, नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेल, क्लब जोन फो का जेडआरआर दिपेन्द्रबहादुर घिमिरे, रोटरी क्ल्व बागलुङका पूर्वअध्यक्ष दुर्गादत्त शर्मा आचार्य, खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियार, ट्राफिक प्रहरी कार्यालयका प्रमुख छवबहादुर घर्ती र पत्रकार महासंघका सहसचिव सुवास आचार्यले बोलेका थिए ।
क्लबका अध्यक्ष नविन पन्तको अध्यक्षता, सचिव शिव केसीको स्वागत, निवर्तमान अध्यक्ष सुवास केसीको धन्यावाद मन्तव्य र उपाध्यक्ष ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो । सप्ताहको अवसरमा क्लबले हाजिरी जवाफ, लुडो, मिनी म्याराथन दौड प्रतियोगिता, पत्रकार महासंघको भवन निर्माणका लागि सहयोग, बजार सरसफाई, बिपन्न परिवारलाई खाद्यान्न सामाग्री प्रदान, ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको थियो ।
Previous Articleरायडाँडामा बालरोगको एकीकृत व्यवस्था गोष्ठी
Next Article प्रदेश सरकारलाई पुर्णता देउ