बागलुङ, ५ चैत– जिल्लाको बागलुङ नगरपालिका–११ रायडाँडामा एक दिने नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्था सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । वडाका धामीझाँक्री तथा स्वास्थ्य व्यवस्थापन समितीका पधाधिकारीको सहभागितामा गोष्ठी सम्पन्न भएको हो । नवजात शिशुमा देखिने खतराका लक्षणको बिषयमा जानकारी गराउने उद्देश्यले गोष्ठीको आयोजना गरिएको नेपाल गाजा फाउण्डेसनले जनाएको छ । नवजात शिशुमा हुन सक्ने खतराका लक्षणको बारेमा फुकफाक गर्दा धामीझाँक्रीलाई जानकारी गराउँदा उनीहरुलाई चेतना हुने र अस्पताल पठाउन सक्ने भएकाले गोष्ठीमा सहभागी गराईएको स्वास्थ्य चौकीले जनाएको छ । गोष्ठीलाई रायडाँडा स्वास्थ्य चौकीका प्रमुख भुमिश्वर शर्मा र जागा फाउण्डेसनका रेशम नेपालीले सहजीकरण गरेका थिए । वडा अध्यक्ष ज्ञानेन्द्र गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Articleविपद जोखिम न्युनिकरण अभियान
Next Article बागलुङमा जारि रोट्रयाक्ट सप्ताह सकियो