राकेश कार्की
कसरी हेरूँ आँखा झुकाउनेलाई आज
नजर देखि नजर लुकाउनेलाई आज
कसरी बोलुँ अब मनको कुरो सोधुँ
न त मनको कुरो फुकाउनेलाई आज
अहा कस्तो रमाइलो अवसरको बेला
छोउँ कसरी मौका चुकाउनेलाई आज
वर सर्दा पर सर्ने के गरुँ कसो गरूँ
थुक निल्दै घाँटीमा सुकाउनेलाई आज |