पर्वत, ५ चैत – पर्वत उद्योग वाणिज्य संघको आगामी तीनवर्षे कार्यकालका लागि अध्यक्षमा केदारनाथ शर्मा विजयी भएका छन् । गए राति घोषणा भएको अन्तिम मतपरिणामअनुसार केदारनाथ शर्माले ८१५ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको हो भने प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका लेखनाथ शर्माले ४५७ मत प्राप्त गरेका हुन् ।
त्यस्तै महिला सदस्यमा प्रमिला शर्मा र चन्द्रकला शर्मा विजयी भएका छन् । संघका सदस्यमा ठाकुर बी पौडेल, रमेश शर्मा लामिछाने, सागर श्रेष्ठ, राजन गुरुङ, तिला गिरी ‘कृष्ण’, कमलबहादुर जिसी, सुनिल भुसाल, गणेश लामिछाने, राजनकुमार जोशी, शेरबहादुर चोचाङ्गी, कृष्णप्रसाद भुसाल, मीनप्रसाद शर्मा, विकास विश्वकर्मा, चित्रबहादुर अधिकारी गोपाल, नारायणप्रसाद पौडेल, मानसिंह भण्डारी, जगन्नाथ अधिकारी, कृष्णप्रसाद रेग्मी, दीपक अधिकारी र शिवशर्मा पौडेल विजयी भएका छन् । विजयीमध्ये शिवशर्मा पौडेल, मानसिंह भण्डारी र राजनकुमार जोशी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार थिए भने अन्य सबै बाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । अध्यक्षसहित २३ जनाको कार्यसमितिका लागि ४४ जनाले उम्मेदवारी दिएका थिए ।