फि. कृष्ण कुमार सैजु
परिचय
ग्यास्ट्रिक (ग्यास्ट्राइटिस) बाट हामी कोही पनि अपरिचित छानौ ँ। अचेल सबैको लागी यो एक जन्मजातै पाएको उपहार जस्तै भएको छ । ग्यास्ट्रीक नहुने नेपाली पाउन हम्मे हम्मे छ । नेपालीहरुको एउटा पहिचान ग्यास्ट्रिक भएको कुरा हामीबीचमा हुने पनि गर्छ । सामन्यतया पेट दुख्ने, फुल्ने, पोल्ने, अमिलोपानि आउने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम नै ग्यास्ट्राइटिस हो। छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु(बभिन्न बिकार तथा बिबिरा हरू देखिनु), पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु, स्वास गन्हाउनु, वाकवाकी लाग्नु, वान्ता हुनु, ढ्याउ(ढ्याउ आउनु, वान्तामा रगत देखिनु, कालो दिसा आउनु, खाना नपच्नु, पेट हुडेल्नु, तौल कम हुनु कब्जियत हुनु(मल त्याग मा समस्या, मल गोटा पर्नु) ग्यास्ट्राईटिसका प्रमुख लक्षणहरू हुन् । आमाशयका भित्तामा भएको इन्फ्लायिसन (सुन्निएर रातो तातो भएर दुख्ने समस्या) भने आमाशयका भित्ताको श्लेष्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई भने ग्यास्ट्रिक अल्सर भनिन्छ । ग्यास्ट्राईटिस यसको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप हो । ग्यास्ट्राइटिसलाई तत्कालिक तथा दीर्घ रजीर्ण गरेर दुई समूहमा बाँडिएको छ । तत्कालिक ग्यास्ट्राइटिस पेटका भित्ताहरूमा भएका कोषहरूका लागी हानी गर्ने पदार्थहरूको सेवनले गर्दा हुन्छ । यी पदार्थहरूमा, दुखाइ कम गर्ने औषधी (एस्प्रिन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन, एन्टिबयोटिक्स) जस्ता औषधी, विषसेवन, विषाक्त खाना, भुटेको,तारेको, खाद्ख्धान्न, अत्यधिक चिल्लो, पिरो र नुन ज्यादा हालेको खानेकुरा, जाँड–रक्सी, कोकिनजस्ता मादकपदार्थ पर्दछ । आमाशयमा एच. पाइलोरिक लगायत अन्य ब्याक्ट्रेरिया, भाइरस, कृमि वा फंगल्सको संक्रमणले पनि हुने गर्छ्, जुन क्षणिक हुन्छ सामान्य उपचार तथा सम्बन्धित बस्तुको प्रभाव हटेपछि सान्त हुन्छ । जीर्ण ग्यास्ट्राइटिस रोग हाम्रो जीवनशैली खानपान, शैली ,मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको छ । अल्छिपना र जथाभाबि खानपानले पनि ग्यास्ट्रिक बढाउँछ ।
प्रमुख कारण
अनियमित जीवनशैली जस्तैस् भोक लागेको बेलामा नखाने, हन्तकालि (एक्कै पटक धरै भोकभन्दा ज्यादा हसुर्ने), खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाएपछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खानेहरूमा यो रोग ज्यादा देखिएको छ। व्यस्तता र भागदौडले भरिएको जीवन ज्यूँनेहरू, मानसिक तनावको चपेटामा परेकाहरू, मनोरञ्जन नगर्नेहरू, भय, चिन्ता, शोक उदासिनता र अनिद्राका रोगी, शारीरिक श्रम वा व्यायाम नगर्नेहरू पनि यो रोगका सिकार हुन्छन् । लामो समयसम्म लगातार जाँड(रक्सी, चिया, कफी,कार्ब्निक पेय कोक, पेप्सी आदि पिउनेहरूमा पनि यो रोग ज्यादा देखिएको पाइन्छ । ग्यास्ट्राइटिस आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले पनि यो रोग हुने गर्छ । यसैगरी पेटको अपरेसन कलेजो, मिर्गौला, फियो तथा आन्द्राका रोग, एचआइभीरएड्स र विशेष मानसिक रोगावस्थामा पनि देखा पर्छ ।
जोखिम
– यो रोगको समयमा नै उपचार नभए ग्यास्ट्रिक अल्सर तथा क्यान्सर हुन सक्छ। अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा रक्तअल्पताका समस्या देखा पर्छ । यसैगरी भिटामिन बी १२ को अवशोषणमा चाहिने तत्वहरूको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पता, स्नायु तथा नाडीहरूको क्षय, अन्ननली सुन्निनु, दम बड्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियतका लक्षण देखा पर्न सक्छन।पायल्स, फिसर र फिस्टुला जस्ता समस्या पनि ग्यास्ट्राइटिस कै उपज हो ।
उपचारः
– ग्यास्ट्राइटिस धेरै कारणले हुने रोग हो । तीव्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ। तसर्थः चिकित्सकको निगरानीमा रोगको निदा तथा उपचार गर्न्तिर लागौं। दीर्घरजीर्ण ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ। जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वस्थमैत्री हुने गरी समायोजन गर्नु हो । हानिकारक मानिएका खाना छाडेर रेसा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू, साग,सब्जी, सलाद,फलफूल र अंकुरित अन्न, फलको रस, ताजा मोही, लस्सीको सेवन ग्यास्ट्राइटिसमा उपयोगी छ। त्यसैगरी फ्लेवेनाइडयुक्त पदार्थहरू जस्तैः स्याऊ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ, जीराजस्ता खाद्य पदार्थलाई भोजनमा समावेश गरौं। पानी प्रशस्त पिउनुपर्छ, यसो गर्दा ग्यास्ट्रिक एसिडले आमाशयलाई हानी पुय्राउन पाउँदैन।आमासय लाई सुरक्षित राख्न सहयोग गर्छ ।
योगा तथा प्राकृतिक उपचारः
१) अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, मर्निं वाल्क, दौडिने, कुद्ने, योगाभ्यास, सूर्य नमस्कार जस्ता व्यायाम ग्यास्ट्राइटिसमा उपयोगी हुन्छन् ।
२)बज्रासन, पवनमुक्ताशन, सर्वांङआसन, मत्स्यन्द्र, भुजंग, उदारकर्श र धनुराशन, ताडाशन, त्रियकताडाशन जस्ता आसनविधि, अनुलोमविलोम, शीतली, सित्करी, वामनासिका श्वासन जस्ता विधिले पनि यस रोगमा फाइदा पु¥याउँछ, तर रोगको अवस्था गम्भीर छ भने यी विधिहरू प्रयोग गर्दा बढन सक्छ तशर्थ गर्नुसट्टा चिकित्सकको परामर्श लिनुपर्छ ।
३) जलनेती (नाकको सफाइ) कुन्जल (पेटको सफाइ), एनिमा (ठूलो आन्द्राको सफाइ), शंखप्रक्षालन (सम्पूर्ण पाचन प्रणालीको सफाइ) जस्ता उपचार पद्धतिले ग्यास्ट्राइटिस समाधानमा ठूलो सहयोग पुर्यापउँछ ।
४) पेटको मालिस, माटोको पट्टी, ग्यास्ट्रो(हेपेटिकप्याक, नौली तथा गणेश क्रियाको अभ्यास, अकुपन्चर तथा अकुप्रेशर जस्ता उपचार विधिले पनि ग्यास्ट्राइटिसमा राम्रो गर्छ ।
व्यवस्थापनः
१) ग्यास्ट्राइटिस तनावपूर्ण जीवन ज्युउनेहरूलाई डर चिन्ता, त्रास, खिन्नता, उदासिनता र अनिद्राका रोगीलाई हुने रोग हो । तसर्थ, यि सम्पुर्ण बिकार बस्तुहरूको ब्यवस्थापन नै ग्यास्ट्राइटिस निवारणको बाटो हो ।
२) शारीरिक तथा मानसिक रूपले विश्राम लिनका लागि योगासन, योगनिद्रा, माइन्ड साउन्ड टेक्निक, ध्यान विधिको अभ्यास गर्नुपर्छ। सकारात्मक चिन्तनलाई जीवनको अभिन्न अंग बनाउनुपर्छ ।
३) सातामा एकपटक सम्पूर्ण शरीरको मालिस तेल अभ्यंग, बाष्पस्नान, सउना, फोहरा स्नान, तैरनु, पौडनु र प्राकृतिक दृश्यमा रम्ने बानी बसाल्नुपर्छ ।
४) हरपल क्रियाशिल रहनुस्, अल्छिपना र आलस्यता लाइ आजैबाट त्याग्नुहोस ।
५) हाँसो, खुसी र मनोरन्जन, ३ ब्यायाम, २ पानि र १ आरम स्वस्थता प्रप्त गर्ने शुत्र हुन अनुसरन गर्नुहोस् ।
सतर्कता
१) माथि उल्लेख भएका जीवनशैलीमा बाँच्ने कोशिस गरौं ।
२) दुखाइ कम गर्ने तथा अन्य दबाइहरू चिकित्सकको परामर्शमा मात्र लिने गरौं ।
३) माथि बताइएका लक्षण देखा पर्न गए चिकित्सकसँग परामर्श लिऔं ।
४) ग्यास्ट्रिकको उपचार गर्दा चिकित्सकले दिएको औषधी पूर्ण रूपले खाने गरौं ।
५) कलेजो, मिर्गौला, फियो र ठुलो आन्द्ना तथा सानो आन्द्राको रोग भएकाहरूले रोगको उपचारमा सावधानी अपनाइ समयमै उच्चित उपचार गरौं ।
६) पेट तथा छातीको अपरेसन गर्दा ग्यास्ट्रिक हुने सम्भावना ज्यादा रहने भएकाले साबधानी अपनाऔं ।
केही घरेलु उपायहरू
१. बेसारको पात बेसारको पातलाई सबैभन्दा राम्रो ग्यास्ट्रिकको औषधिको रुपमा मानिन्छ । दिनको एक ग्लास दुधमा चप गरेको बेसारको पात मिसाउनु र दिनहुँ पिउनुहोस्। यसो गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।
२. अम्बाको पात एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमाल्नुहोस् । यसलाई दिनहुँ पिउँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।
३. आलुको जुस आलुलाई सफा गर्नुहोस् र त्यसपछि बोक्रा हटाई चप गरेर पानीमा उमाल्नुस् । दिनकै एक ग्लास ३ पटक खाना अघि पिउनुहोस् ।
४. अदुवा ग्यास्ट्रिकको समस्या कम गर्ने अर्को तरिका अदुवा हो। अदुवालाई औषधिको रुपमा पनि लिइन्छ । दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउनुहोस् यो समस्या आफैँ टाढा हुन्छ। यसरी अदुवाको धूलो, नुन, हिंग पानीमा मिसाउनु र दिनहुँ पिउने गर्नुहोस् ।
५. बेकिङ सोडाबेकिङ सोडामा धेरै मात्रामा एन्टासीड हुने कारणले ग्यास्ट्रिकको समस्या हटाउन मदत गर्दछ । एक ग्लासमा आधा चम्चा बेकिङ सोडा राखेर मिसाउनुस् र दिनहुँ यसको प्रयोग गर्ने गर्नुहोस् ।
६. दालचिनी तातेको दूधमा आधा चम्चा दालचिनीको धूलो, मह अलिकति राखेर मिसाउने र यसको सेवन राती सुत्नु अगाडि गर्नु । यसले ग्यास्ट्रिकको समस्या कम गर्न मदत गर्दछ ।
७. हिंग हिंगमा पानी मिसाइ यसको पेस्ट बनाउनु र यसलाई पेटमा राखी केही समय राख्नु । यस्तो गर्दा यो समस्या हट्दै जान्छ ।
८. जिरा बिउ एक ग्लास तातो पानीमा एक चम्चा जिरा बिउ राखेर उमाल्ने र केही समय सम्म यसलाई ढाकेर राख्ने र त्यसपछि यसको सेवन गर्नुहोस् ।
९. लसुन २/३ पोटी लसुनलाई आगोमा पोल्नुस् त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस् । ताजा लसुनलाई पिस्नु, जिराको धूलो, जिराको गेडालाई पानीमा राखी उमाल्नु र यसको सेवन गर्नु लाभदायक हुन्छ ।
१०. सुप सुप पनि एक प्रकारको औषधिकै रुपमा लिन सकिन्छ । पानीमा सुपको दाना राखी उमाल्नोस् र सेलाए पछि पिउनुहोस् ।
११. पुदिना र बाबरी एक ग्लास पानीमा ताजा पुदिनारबाबरी राखेर उमाल्ने र सेलाएपछि त्यसमा मह हालेर दिनको दुई र तीन पटक खानुहोस् । यसले ग्यास्ट्रिक समस्यालाई हटाउन मदत गर्दछ ।
१२. दनसिन्का यसलाई पिसेर सुतिको कपडा को सहयोग ले तामाको बर्तन मा छान्नोस र ३०मि.ली. नियमित २१ दिन सम्म खालिपेट पिउनुहोस् ( नोटः रक्तचाप कम भएकाले १५ मि.ली. रस मा १५ मि.ली मिसाएर)।
१३. अमृत रस(जमराको रस) पुर्णस्तया प्राकृतिक बिधिद्वारा उमारेको जौ र गहुँ को जमरा सम्पुर्ण सामान्य तथा दिर्घ रोगहरूको लागी अति लावकारी छ ।(उमारेको ७/१० दिन भित्र अन्य फलफुल को जस्तै विधि द्वारा शुति को कपडा को छानेर केही समय तामा को बर्तन मा भन्डारन गरी प्रतिदिन खालिपेट ३० मि.ली. पिउने)
सावधानः माथि उल्लेखित बिधिमद्ये एकपटक मा कुनै एक बिधिको मात्र प्रयोग गर्नुहोस। उल्लेखित बिधिहरू पुर्ण रूपमा शुद्ध र प्राकृतिक भएकोले सुस्त प्रभाव देखाउछ।तसर्थस् कम्तिमा ४५ दिन निरन्तर प्रयोग गरेमा अति नै फाईदा जनक साबित हुनेछ । अन्त्यमा सबै खाले समस्याको एउटै समाधान पानि नै भएकोले नियमित स्वस्थ्यकर पानि प्रशस्त पिउनुहोस र आफ्नो स्वस्थ को आफै ख्याल गर्नुहोस, धन्यबाद ।
Previous Articleयुवा महिलाको संसद यात्रा…….
Next Article २०७४ फागुन १८ गते शुक्रबार राशिफल