बागलुङ, १८ फागुन– सामान्यतया युवा अवस्थामा विद्यार्थी र राजनीतिक दलको भातृ संगठनको राजनीतिमा अगाडि बढ्ने क्रम धेरैको थियो । २०६२÷०६३ पछि राजनीतिक दलमा फेरिएको सोचाईले युवालाई पनि संसद र मन्त्री बनाउनुपर्छ भन्ने भावना बिकास गरेको छ । बागलुङबाट पनि यसपटक ४ जना युवा संसदमा पुगेका छन् । सावित्री राना पनि यसकै उदाहरण हुन् । उनीपनि अभैm ४० बर्ष पुगेकी छैनन्, युवा उमेरमै प्रदेशसभाको यात्रा गर्न पाएकी रानाले विद्यार्थी कालको सामाजिक अभियान र राजनीतिक प्रयासले यो अवसर पाएको बताईन् । बागलुङको दक्षिणी क्षेत्रमा अहिले पनि सडक, पूर्वाधार, शिक्षा र स्वास्थ्यको समस्या छ ।
त्यस्तै समस्याले जेलिएको गाउँका महिला, किसान र मजदुरलाई कसरी समृद्ध र चेतनशिल बनाउन सकिएला भनेर सोच्दा उनले कक्षा ६ मा पढ्दा पढ्दै राजनीतिक यात्रा शुरु गरेकी थिइन् । राष्ट्रिय जनमोर्चाको दवदवा रहेको दक्षिणी बागलुङमा अन्य दलले खुलेर कार्यक्रम पनि गर्न सक्दैनथे । भैहालेमा पनि झगडा र कुटपिट सम्म हुन्थ्यो । त्यस्ता घटना नहोस् भनेर अगुवाहरुले आसपासमा कार्यक्रम नगरी जिल्ला तहमा मात्र सहभागि हुन्थे । एमाले महासचिव मदन भण्डारीको मृत्यु हुँदा विद्यालयमा शोक सभा राख्न खोज्दा सावित्रा रानालाई अप्ठ्यारो पर्ने धेरैले अनुमान काटिसकेका थिए । जैदीको सतिढुंगा माविमा केही बेर तनाव र बहस पछि उनकै नेतृत्वमा कार्यक्रम सम्पन्न भयो ।
बिबादकाबीच राष्ट्रिय व्यत्तित्वको शोकसभा मनाउन पाउनेमा शिक्षकहरु पनि सहमत भए । यो कार्यक्रमले रानालाई राजनीतिक यात्रामा अगाडि बढ्न प्रेरणा मिल्न थाल्यो । उक्त क्षेत्रमा एमालेको संगठन निकै कमजोर थियो । कांग्रेसबाट अवरोध र अप्ठ्यारो नपर्ने, राष्ट्रिय जनमोर्चाबाट बचेर काम गर्नुपर्ने अवस्था भएकोले निकै सकर्त भएर राजनीतिक यात्र उनले अगाडि बढाईन् । एमालेको राजनीतिमा आउन छिमेकी पर्वतको फलेबासका अगुवाहरुको प्रेरणा उनलाई परेको थियो । विद्यालय तहको पढाई सक्दा रानाले विद्यार्थी तहको क्षेत्रीय पदाधिकारी सम्म बन्ने अवसर पाईन् ।
महिला भएर त्यति अगाडि बढ्ने अवसर पाउनु र घरपरिवारले सघाउनु उनको सफलता थियो । मगरकी छोरी भएपनि बाहुनक्षेत्री समाजमा हुर्केकी हुनाले उनको संगत र पढ्ने बानीमा निखारता पनि थियो । विद्यालयको पढाई सकेपछि उनी पोखरा स्थित पृथ्वीनारायण क्यामपसमा भर्ना भईन् । एमाले निकट अनेरास्ववियुको संगठन राम्रो भएकोले पोखरा पुगेर उनले आफ्नो राजनीतिक यात्रालाई स्वतन्त्र रुपमा अगाडि बढाउने मौका पाईन् । त्यही मौकाले एमालेको जिल्ला तहमा पनि स्थापित हुन थालिन् । क्यामपसमा २०५७ को स्ववियुमा सदस्य र २०६३ को स्ववियुमा सहसचिव निर्वाचित भएकोले उनको राजनीतिक उचाई चुलिन थाल्यो । विद्यार्थीको राष्ट्रिय प्रतिनिधि परिषद, केन्द्रीय सचिवालय सदस्य र महिला विभाग प्रमुखको जिम्मेवारी उनले निर्वाह गरिन् । ‘निरंकुशता बिरुद्ध आवाज उठाउन अगाडि सर्दा पार्टीले पनि मलाई पुरस्कृत गरेको छ’ रानाले भनिन्,‘संघर्ष गर्न सिकेको अनुभवले पार्टी संगठन र आफ्नो क्षमता बढाउने काममा पनि साथ मिलेको छ ।’ गाउँतहका राजनीतिमा पटक पटक बहस देखि झगडा पनि भोगेकोले अहिले राजनीतिक बहस गर्न सजिलो बनाएको उनले बताईन् । जनआन्दोलनपछि जिल्ला फर्के लगत्तै एमालेले उनलाई महिला जिल्ला समन्वय समितिको उपाध्यक्ष बनायो । ‘महिलाका मुद्धा देखि बिकासका योजनामा चासो राख्ने अवसरले मलाई राजनीतिमा अगाडि बढायो’ रानाले भनिन्, ‘राष्ट्रिय राजनीति सम्म मलाई चिनाउने अवसर मिल्यो ।’ एमालेको अखिल नेपाल महिला संघको जिल्ला अध्यक्षमा उनी निर्वाचित भईन् । अनेमसंघको जिल्ला अध्यक्षमा उनी अझै कार्यरत छिन् । घरबाट बाहिर ननिस्कने महिला जमातलाई अगाडि बढाउन सक्रिय बन्नै पर्ने अठोटले खुला राजनीतिमा आएकी राना अहिले प्रदेशसभाकी सांसद छिन् । ४० बर्ष मुनीका थोरै सांसदमा उनी गनिन्छिन् ।
आँफ्नो उमेर समूहका युवालाई राजनीतिक जस्तै सामाजिक, आर्थिक समृद्धिमा पनि पहुँचमा पु¥याउनुपर्ने उनको चाहना छ । युवा नीति मार्फत स्वरोजगार कार्यक्रम ल्याउने, प्रदेश संसदमा अगुवाई गर्ने तथा संसदीय अभ्यासबाट संघियता कार्यान्वयनमा भूमिका खेल्ने उनको धोको छ । अहिले पनि सडक संजालले नछोएको आफ्नो गृहक्षेत्रमा पूर्वाधार निर्माण, कृषिको आधुनिकीकरण र युवा रोजगारका अवस्था सिर्जना गर्ने काम चुनौतीको रुपमा लिएकी छिन् । ४० बर्ष भन्दा मुनिको युवा समुहमा परेकोले रानाले कम्तिमा कृषिको व्यवसायिकीकरण र पर्यटन प्रवद्र्धनका कार्यक्रम बाट रोजगारी बढाउन सकिने सोचाई राख्छिन् । ‘बाँझो जमिन देख्न नपर्ने गरी नीति बनाउने र युवालाई परिचालन गर्ने योजना छ’ उनले भनिन्, ‘युवाहरुले पनि आफ्नो योग्यता र क्षमता प्रद्र्धशन गर्न सक्नुपर्छ ।’ राज्यले रोजगारी दिने, कृषिको आधुनिकीकरणका लागि पहल गर्ने र युवाले स्वदेशमै काम गरेर कमाउँछु भन्ने भावना राख्नुपर्नेमा उनले जोड दिईन् ।
राजनीतिक रुपमा फरक तथा संघियता बिरुद्ध हिडिरहेको राष्ट्रिय जनमोर्चा समेतको सहकार्यमा जिल्लाको समृद्धिमा पुग्ने अभियानमा उनले बार्ता र सहकार्य गर्न खोजेकी छिन् । त्यसका लागि कांग्रेस र राजमो सहितको एमालेले जिल्लाको बिकासमा परिवर्तन गर्न सक्ने उनले बताईन् । राष्ट्रिय गौरवको आयोजनाको रुपमा बागलुङमा आएको कालीगण्डकी कोरिडोरलाई व्यवस्थित बनाएपछि लिंक रोड मार्फत बिकासका ढोका खोल्न सबै दलको साझा कार्यक्रम संचालन गर्नुपर्ने उनको चाहना छ । ‘गाउँमै कृषि प्राविधिक सहितको शिक्षालय खोल्नुपर्छ र उपचारका लागि सदरमुकाम जानुपरे सहजै पुग्ने बनाएमा बिकासका अवसरहरु आँफै खुल्नेछन्’ उनले भनिन्, ‘पार्टीले अवसर दिएको छ तर मेरो आँखा अगाडि जनताको पिरमर्का हटाउने जिम्मेवारी छ, त्यसमा निरन्तर सक्रिय हुनेछु ।’
Previous Articleएउटै खोलामा सात जलविद्युत आयोजना
Next Article ग्यास्ट्राईटिस, लक्षण, कारण र बचाउ