बागलुङ, १३ फागुन– गलुवा ढाँडखर्क प्राथमिक बिद्यालय बानपा १० को ५८ औ बार्षिकोत्वस बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । बार्षिकोत्वसको अवसरमा अन्तर सदनात्मक हाजिरीजवाफ, दौड, मिठाई दौड, हिसाव दौड, लगाएतका कार्यक्रमको आयोजना गरिएको थियो । बार्षिकोत्वस मुल समारोहको बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै पोख्रेलले जिल्लाको शैक्षिक बिकासका लागि सवै तह र तप्कावाट आवश्यक सहयोग सहित सुझाव सल्लाह महत्वपुर्ण हुने बताए । कार्यक्रममा स्रोत व्यक्ति उमानाथ अधिकारी, नगर शिक्षा संयोजक गणेश थापा, बिद्यालय व्यवस्थापन समितिका सदस्य जगन्नाथ शर्मा, ढाँडखर्क सामुदायिक बनका अध्यक्ष जितबहादुर शाहीले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा बिद्यालयका प्रधानाध्यापक धनकुमारी गौचनले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रम बिद्यालय व्यवस्थापन समितका अध्यक्ष तिलबहादुर शाहिको अध्यक्षता, शिक्षक टेकनारायण पौडेलको स्वागत र शिक्षक सोमनाथ पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleजेडआरआरद्धारा क्लब भ्रमण
Next Article स्वास्थ्य नमुना आमा समूहको साधारणसभा