बागलुङ, १३ फागुन– बागलुङ नगरपालिका वडा नम्बर– ८ सिगानाको स्वास्थ्य नमुना आमा समुहको छैठौ साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभा कार्यक्रममा बोल्दै प्रमुख अतिथि जेष्ठ नागरिक अम्मर बहादुर जिसीले घर धन्दामा मात्र सिमित आमा समुह संगठीत भई समाज विकासको काममा लाग्नु उदारणीय कार्य भएको बताएका थिए । कार्यक्रममा बानपा–८ का वडा अध्यक्ष राजन जिसी, सिगाना उप–स्वास्थ्य चौकीका प्रमुख विष्णु प्रसाद शर्मा, पुष्पा जि.सी., कोपिला खड्का, कमला जि.सी. लगाएतले बोलेका थिए । कार्यक्रममा वडा अध्यक्ष राजन जिसी, असल गृहेणी दुई जनालाई सम्मान गरिएको छ । कार्यक्रममा समुहका कोषाध्यक्ष सुस्मा खड्काले आर्थिक प्रतिवेदन, सचिव अनिता खड्काले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा स्वास्थ्य नमुना आमा समुहकी अध्यक्ष बालकुमारी जिसीको अध्यक्षता, टिका खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleगलुवा ढाँडखर्क प्राथमिक विद्यालयको वार्षिकोत्सव
Next Article सहकारी ऐन २०७४ सम्बन्धि प्रशिक्षण