बागलुङ, १३ फागुन– सामाजिक कार्यमा सक्रिय रोट्रयाक्ट क्लव अफ जोन फो का जेडआरआर दिपेन्द्र घिमिरेले बागलुङ रोट्रयाक्ट क्लबको भ्रमण गरेका छन् । क्लबले गरेका गतिविधिका वारेमा जानकारी लिई आवश्यक सुझाव सल्लाह प्रदान गर्नका लागि घिमिरेले क्लबको भ्रमण गरेका हुन् । क्लवको भ्रमण पश्चात मन्तव्य व्यक्त गर्दै घिमिरेले क्लवलाई सक्रिय र शसक्त रुपमा संचालन गर्नका लागि सदस्यहरुको सक्रियता, पारदर्शिता तथा निरन्तरता आवश्यक रहेको बताए । सो अवसरमा बोल्दै रोटरी क्लव अफ बागलुङका आगामि अध्यक्ष बिना कार्कीले समाज रुपान्तरणका लागि सवैसंगको सहकार्यता आवश्यक रहेको बताइन् । कार्यक्रममा क्लवले गरेका गतिविधिका वारेमा निर्देशक सुस्मिता केसीले जानकारी गराएका थिएभने आय व्यय बिवरण क्लव अफिसर साधना पन्तले प्रस्तुत गरेकी थिइन् ।
Previous Articleनिर्माण क्षेत्रका कानूनी जटिलतालाई खुकुलो पारिनेछ-प्रम
Next Article गलुवा ढाँडखर्क प्राथमिक विद्यालयको वार्षिकोत्सव