प्रेम बहादुर थापा
कस्तो रै छौ रक्सी तिमी सवलाई पा¥यौ जालमा
धन सम्पत्ती हावामा उड्यो डुवायौ नीर तालमा ।
टुहुरा बने छोरा छोरी बने सडक छाप
तिम्रो सेवन गरि रम्दा लाग्यो ठुलो श्राप ।।
कस्तो रै छौ रक्सी तिमी सवलाई पा¥यौ जालमा
धन सम्पत्ती हावामा उड्यो डुवायौ नीर तालमा ।
खानु हुन्न भन्थे रक्सी ठुला बडा घरमा
हाक्नु हुन्न जीवन रथ रक्सी पिएको भरमा ।
बाँच्ने रहर कति थियो डाँडा घरे साथी
थला पर्दा पिउँदा रक्सी पुगेछ साथी माथि ।।
कस्तो रै छौ रक्सी तिमी…….
मद्यपान धुम्रपान देखी सबै रहनु पर्छ टाढा
माया गर्नु पर्छ सधैं जीवन जगत सारा ।
कल झगडा हुन्छ घरमा यसको सेवन गर्दा
बिनास हुन्छ मान धर्म जसको जालमा पर्दा ।।
कस्तो रै छौ रक्सी तिमी …….
धन सक्यो ज्यान सक्यो सारा मान
शक्ति सक्यो इज्जत सक्यो सत्य कुरा जान ।
जान्दा जान्दै शत्रु यसलाई ठान्नु मित्र किन
शत्रु ठानी बसौं टाढा रचौं सुनौलो दिन ।।
कस्तो रै छौ रक्सी तिमी …….
उठौं जागौं आमा समुह जागौं युवा बर्ग
कुलत सारा हटाऔं यहाँ बनाऔँ देश स्वर्ग ।
बनाऔं स्वायत्तता स्थानिय सरकार गरौं काम नौलो
सबै तह तप्का मिली बनाऔं देश सुनौलो ।।
कस्तो रै छौ रक्सी तिमी …….
–काठेखोला गाउँपालिका–७ बागलुङ
(हाल सिद्धार्थ शिक्षा सदन)