मेघराज पाण्डे
हे देशका नवजागृति युवक हो, यो देशको उन्नती
गर्नु पर्दछ तिमीले हरघडि शंका नमानी रति ।
धेरै दिन त यसैगरी सब बिते, तिम्रो प्रतिक्षा गरी
जानु हुन्न बिदेशमा तिमीहरु, जो गर्दछौ यस घडी ।।
तिम्रो आशा लिएर मातृ भुमिले, ठुलो भरोसा लिई
हर्दैछन् तिमीलाई भित्री मनले, आशिष ठुलो दिई ।
तिम्रो जाँगर पोख यस जमिनमा, फल्ने छ धेरै कुरा
यसमा गौरव ठानिलौ बढ अघि, हुने छ इच्छा पुरा ।।
तिम्रो जाँगरले खनेर भुमि यो, थुनेर पानी पनि
सारा देश हरावरा चहकिलो पार्नु छ मैले भनि ।
यो देशमा त अमुल्य छन् जडिबुटी, तिनलाई खोजी गर
यो देशमा त खनिज छन् थरिथरि, तिनमाथि राखी भर ।।
तिम्रो बर्गतले हुने जति कुरा लाउ यसै देशमा
भोलि स्वर्ग समान बन्छ भुमि यो, शंका नलिई यसमा ।
यसमा गौरव ठान्नु पर्छ तिमीले, हो मातृभुमी भनि
राखी धैर्य बढाउ हात तिमीले कर्मठ किसानी बनी ।।
यो स्वाधिन कुरा हटाई तिमीले, खोज्छौ पराधिनता
सोच्नु पर्दछ हामीले जमिनको, सेवा कता हो कता ।
यो मातृभुमिको धुलो खुशी हुँदै, टिका लगाई कन
जहान पाल नफाल इज्जत तिमी लौ राष्ट्रसेवी बन ।।
बागलुङ, बजार