बागलुङ, ८ फागुन– सुआहारा बागलुङको आयोजना, साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङ र बागलुङ नगरपालिकाको समन्वयमा बागलुङ नगरपालिका–९, तित्याङमा गर्भवती तथा सुत्केरी महिलाहरुलाई एक कार्यक्रमका बीच आयोडिन नुन र झोला वितरण गरिएको छ । कार्यक्रममा तित्याङ स्वास्थ्य चौकीका सिनियर अहेव नारायणप्रसाद पौडेलले आयोडिन नुनको प्रयोगले हुने फाईदा र प्रयोग नगर्दा हुने बेफाईदाको बारेमा जानकारी गराएका थिए
। त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनकी मिलन पाण्डेले आयोडिन नुन र ढिक्के नुनको प्रत्यक्ष परिक्षण गराईएकी थिईन् । कार्यक्रममा उपस्थित भएका ४० जना गर्भवती महिलालाई वितरण गरिएको थियो । त्यस्तै सो अवसरमा बागलुङ नगरपालिका–९ का वडा सदस्य रामबहादर खड्का, महिला स्वयंसेविका, र तित्याङ स्वास्थ्य चौकीलाई १÷१ ओटा झोला वितरण गरिएको थियो । कार्यक्रम तित्याङ स्वास्थ्य चौकीकी हेल्थ असिस्टेन्ट पुष्पा अधिकारीको अध्यक्षता, वडा नं. ९ का वडा सदस्य रामबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।