कृष्णराज शर्मा
हामी भोलीपल्ट दिउँसो हाम्रो बासस्थानको नेरोफेरो घुम्न निस्क्यौं । ढोकाबाट बाहिर निस्कने बित्तिकै एकनाशका टक्क मिलेका घरहरू र रूखहरू आँखामा ठोकिए । आँखा नै तिर्मिर पार्ने हरियाली बगैंचा कस्तो मनमोहक ! हामी त यस्तो मनमोहक ठाउँभित्र पो रहेछौं ! दूबो कति सफा । दूबोको हरियाली भित्रका लोभलाग्दा रंगिचंगी फूल । बाटोभरी पंक्तिबद्ध राखिएका मोटरकार । बाटोको दायाँबायाँ रहेका कारहरू काठमाण्डौको थापाथलीतिरका शोरूम भित्र बिक्रीका लागि सजाईएका भन्दा सफा र आकर्षक थिए । फुटपाथहुंदै हिंड्दा आ–आफ्नै तोकिएको घेराभित्र मात्रै अड्याईएका ति कारहरूको पंक्तिले निकै ठूलो घना बस्तीमा हामी रहेछौं भन्ने पनि लाग्यो । एकातिर वाग बगैंचा,अर्काेतिर चिट्ट मिलेका खेलौना जस्ता घरभित्र हाम्रो बास रहेछ । कार पार्किङको लागि छुट्ट्याइएका स्थानमा पनि अपाङ्गहरूका लागि र अग्नीसमन यन्त्रका लागि छुट्ट्याईएको स्थान भने खाली थिए । अरू जुनसुकै प्रकृतिका मोटरगाडीहरू यि ठाउँमा गल्तीले पनि पार्किङ गर्न नहुने रहेछ । अपाङ्ग र अशक्तका लागि राज्य र आम नागरिक अत्यन्त संवेदनशील रहेको कुराको छनक त्यसले प्रष्ट पाथ्र्यो । केही पर पुगेपछि एउटा ठूलो रूखको चौतारी भेटियो शीतलताका लागि । ठ्याक्कै हाम्रा देऊराली र भञ्ज्याङ गर्दा बिसाई मार्ने बरपीपलको चौतारीको झल्को दिने थियो त्यो चौतारी । कुनै घरलाई असर नपार्ने गरि जतनले बचाएर राखिएको पुरानो चौतारी थियो यो । यो चौतारीको छहारीमुनी भने गर्मी दिनको साँझमा सेकुवाका परिकार बनाउँदै खाँदै रमाउनका लागि छुट्ट्याइएको सुरक्षित स्थान रहेछ । अपार्टमेण्टमा बस्ने सबैले यहाँ रमाउने रहेछन् । तर पूर्व स्वीकृति भने अनिवार्य रहेछ ।
त्यो स्थान वरपरका सभ्य र अनुशासित व्यक्तिहरू पनि यही चौतारीमा पुगेर धुम्रपान गर्दा रहेछन् । कोठामा धुम्रपान गर्दा उत्पन्न हुने धुवाँले आगलागी पूर्व संकेत यन्त्रले होहल्ला गरिदिने हुनाले उनीहरू बाहिरको यही चौतारीमा पुग्ने गर्दा रहेछन् । यो देखेर, कहिले काहीं त लाग्थ्यो विज्ञानले पनि मान्छेलाई ठेगानमा राख्दो रहेछ । हुन त त्याहाँ कानुन उल्लंघन गर्ने प्रति राज्यले कठोर व्यबहार गर्छ । अझ भनौं,कानुनको बर्खिलाप गर्ने प्रति राज्यले शून्य सहनशीलता राख्दछ । हामी अगाडी बढ्दै पाईला चाल्थ्यौं । पाईला–पाईलामा हरचिज नौला भेटिन्थे । हरचिज व्यवस्थित देखिन्थे । सबै चिज मनन योग्य, अनुशरण योग्य हुन्थे । कतै केही कुरा काट्नै नमिल्ने । बरू यसैबीचमा अमेरिकाको भिसा लागेपछि सुनाईएको विषयको भूत हाम्रो पछि सबार हुन थाल्यो । त्यहाँका अस्वेतहरू निर्मम कठोर र अपराधिक हुन्छन् निक्कै ख्याल पुर्याउनु होला है भन्ने काठमाण्डौमा सुनेका कथा देखापरे । यही कुरा त्यहीं सामुन्ने देखा पर्यो । चिम्पाञ्जी जस्ता काला मान्छेका आँखा भने सेता । घर बाहिर बसेर कावा खाँदै गरेका उनीहरू देखेर हामीले साउती स्वरमा कुरा गर्दै पाईला छिटोछिटो चाल्यौं । यो कुरा काठमाण्डौमा भन्नेले सुनाए पछिको पहिलो अनुभव बन्यो । पछि थाहा भयो, सुनेका कुरा गलत थिए । अस्वेतहरू देख्दैमा तर्सनु आवश्यक रहेनछ । आफ्नो व्यबहारले नै माया पाउने र घृणा उत्पन्न गराउने हो । मलाई यसैबेला महाभारतको कथामा पाईने प्रसंग सम्झना गरायो ।
गुरू द्रोणाचार्यका शिष्य धर्मराज युधिष्ठीर र दुष्ट दुर्योधन उनकै गुरूकुलमा शिक्षा लिन्थे । शिक्षा सकेर दीक्षित हुनुपूर्व दुवैलाई यौटा अन्तिम परीक्षा लिन चाहे गुरू द्रोणाचार्यले । दुवै शिष्यको स्वभाव बेलकुल फरक थियो । यौटा नम्र अर्को जण्डु मूर्ख । दुवैका स्वभावका जानकार द्रोणाचार्यले विपरित स्वभावको प्रश्न हल गर्न लगाए । द्रोणाचार्यले शिष्य युधिष्ठिरलाई भने– प्रीय शिष्य युधिष्ठीर ! तिमीले यो लोक जगतमा जतिपनि दुष्ट र बदमास मानिस छन् तिनको गन्ति गरेर मलाई देखाऊ । मैले सुनेको छु, यस्ता पापी मान्छे यो सँसारमा धेरै छन रे ! तिनको यकिन सँख्या लिएर आऊ । त्यसै गरि दूर्योधनका लागि पनि गुरू द्रोणाचार्यले उनको स्वभाव विपरित संसारका असल त्यागी साधुसन्त धर्मात्मा कति छन् खोजेर ल्याऊ भन्ने आदेश दिए । त्यसपछि दुवै शिष्य गुरूआज्ञा पालन गर्दै संसारलाई छानमार्न हिंडे । लामो समयपछि दुवैजना गुरूले अह्र्याएको आदेशको पूर्ण पालना गर्दै कार्य सम्पन्नतासहित गुरूको समीपमा उपस्थित भए । तत्कालै गुरू द्रोणाचार्यले दुबै शिष्यलाई हिसाब किताब बुझाउन आदेश गरे । तर दुबैसँग हिसाब–किताब केही रहेनछ । मौखिक जवाफ सुनाए । पहिला युधिष्ठिरले भने– गुरूदेव ! यो संसारमा यौटा पनि दुष्ट बदमास पापी कोही भेटिन मैले । हजूरलाई सुनाईएका सबै मिथ्या कुरा रहेछन् । त्यसपछि दूर्योधनले बोले– गुरूदेव ! मैले पनि यो संसारभरि यौटा पनि सज्जन महात्माहरू भेटिन त । म के भनौं गुरूदेव भन्दै विनित बने ।
गुरू द्रोणाचार्य परिणामका पूर्व ज्ञाता थिए । ल ठिक छ । गुरू आज्ञा पालन गरेकोमा दुवैलाई धन्यवाद दिंदै भने– प्रीय शिष्य हो ! तिमीहरूको स्वभावजन्य परिणति प्राप्त भयो । म खुशी छु । तर ज्ञान राख आफ्नो स्वभाव र व्यवहार अनुसार अरूको पनि व्यवहार पाईन्छ भन्ने परीक्षणका लागि सोधिएको मेरो प्रश्न थियो । त्यसको जवाफ तिमीहरू आँफैले भोग्यौ बुझ्यौ । धन्यवाद छ । अर्थात आँफूले देखाउने व्यवहारले नै अरूको व्यवहार पाउने रहेछ । युधिष्ठिरले अपराधि गुण्डा दुष्ट पापीसँग भेट्दा पनि नम्र व्यवहार देखाए । ति सबै युधिष्ठिरका प्रति सज्जन नै देखिए । यौटा पनि गलत मान्छे युधिष्ठिरले भेटाएनन् । उता दूर्योधनले पनि यौटा सज्जन मान्छे फेला पारेनन् । दूर्योधनको रूखो र तीखो व्यवहारले साधुसन्त महात्माहरू पनि मुर्ख र जण्डु बने । यसकारण आँफ्नो व्यवहारले नै अरूको राम्रो नराम्रो व्यवहार व्यहोर्नु पर्दछ भन्ने महाभारतको कथाको नैतिक पाठ थियो । हामी पनि ति अस्वेत कालाहरूसँग कुनै संसर्गै नगरी आफ्नो बाटो लाग्दा कुनै केही अप्ठ्यारा महशुस गर्नै परेन । सुनेका सबै कुरा मिथ्या बने पछि गएर । माईकल टिथ नाम गरेका पैसट्ठी बर्षीय अस्वेत सँग मेरो दैनन्दिन भेट हुन्थ्यो । उनी चुरोटका पारखि रहेछन् । गिर्दै गैराखेको स्वास्थ्यका बारेमा पटक्कै चिन्ता नभएका । राज्यले निःशुल्क उपचारको व्यवस्थाले गर्दा उनी बेपर्वाह थिए । मेरो छोराको छिमेकि भएर बसेको बर्षौं भएको रहेछ । छोराको गुणवत्ता बताउँथ्यो । ऊ सरकारी भत्तामा बाँचेको एकल पुरूष थियो । उसका छोराछोरी मुश्किलले बाउ भेटन बर्षमा एकचोटी आउँदा रहेछन् । मैले मेरो सोसाईटीको बारेमा बोल्दा ऊ दंग पर्थ्यो । उसको सोसाईटीको संस्कारले ऊ पनि मख्खै रहेछ । तर जे सुनेको थिएँ त्यो कालेका सन्तान भेट्दा मैले मलाई सुनाएका कालेका व्यवहार बिलकुल फरक पाएँ । यसपछि पनि हामी अगाडी बढी नै रह्यौं । हाम्रो शीरमाथी यो छोटो अबधिमा कैयौं पटक हेलिकप्टरले फन्को मारिसकेको थियो । सोध्ने कोही थिएन । के हो यो अचम्म भन्दै थियौं । यसैवीच यौटा प्रि(प्राईमरी स्कुलको ठूलो प्राङ्गणमा पुग्यौं । त्याहाँ वरिपरिका अपार्टमेण्टमा बस्नेहरू जम्मा हुँदा रहेछन् । उनीहरू प्राय गैह्र अमेरिकीहरू रहेछन् । नेपाली पनि त्यहीं भेटीए । हेलिकप्टर घुमीरहेको थियो । मेरो जिज्ञासा त्याहाँ खोलें । कञ्चनपुरकी बहिनीले भनिन्– अँकल यहाँ स्कुल छुट्ने बेलामा प्रहरीले स्कुलको हवाई गस्ती गर्छ । बच्चाहरूको सुरक्षाका लागि राज्यले नै यसो गर्छ भनेपछि बल्ल हेलिकप्टर आकाशमा फन्को मारेको रहस्य थाहा लाग्यो ।
ठूलो क्षेत्रफल ओगटेको त्यो स–साना नानीहरू पढ्ने स्कुलको आँगनमा ठेस लाग्ने ठाउँ थिएन । अस्वेत मोटी शिक्षिकाले दिनदिनै ति नानीहरूलाई भुलाउँथिन् । बालक आखिर बालकै हुन् । भूगोल मात्रै फरक हो । भाषा मात्रै फरक हो । ति शिक्षिका कति हैरान थिईन् होला ति नानीहरूलाई सम्हाल्न । बाल मनोविज्ञानले पढाई हुने त्यो स्कुलको बारेमा पटक पटक खेल खेलाउन बाहिर आएका बालकको कृयाक्लाप र शिक्षिकाको हैरानीलाई मात्र मैले बुझ्न खोज्थें । बालक विद्यार्थी संधै हँसिला देखिन्थे । शिक्षिका सँधै थकित र दुःखि देखिन्थिन् । यसपछि मैले स्वयंसेवी बनेर मैले बागलुङको बालमन्दिर प्रा.वि.मा पढाएका प्राईमरि स्कुलका बच्चा संझे । हाम्रो र त्याहाँको तत्कालै तुलना गरें । त्यसपछि त्यही प्रि–प्राईमरी स्कुलको आँगन बाट हामी जुनजुन बाटो आयौं त्यतैबाट आफ्नै कोठामा फर्कियौ । क्रमश…