नेपाल सरकारले एक गाउँ एक कृषि प्रबिधिक कार्यक्रम लागु गरेको लमो समय बितिसकेको छ । कृषकहरुलाई सेवा पु¥याउने हेतुले लागु भएको कार्यक्रममा दरवन्दी भएका ठाउँहरुमा दरवन्दीका र नभएका ठाउँहरुमा जिल्ला कृषि विकास कार्यालयले करारमा नियुक्त गरेर एक गाउँ बराबार एक कृषि प्रबिधिक खटाएको छ । कृषि र पशु प्राबिधिकहरुलाई दुवै काम सम्हाल्ने गरी केही स्थानमा खटाएका घटनाहरु पनि जिल्लामा छन् । स्थानिय तहको निर्वाचन सम्पन्न भएर जिल्लाको सबै अधिकार स्थानिय तहलाई दिईएपछि यतिबेला एक गाउँ एक कृषि प्रबिधिक कार्यक्रमको परिचालन स्थानिय तहहरुले गरिरहेका छन् । कृषकलाई सेवा दिने हिसाबले सकारले कार्यक्रम तय गरेर लागु गरेको भएपनि देशका सबै क्षेत्रमा यो कार्यक्रम प्रभावकारी हिसावले लागु हुन सकेको छैन् ।
सुगम क्षेत्रहरुमा कार्यक्रम अन्र्तगतका प्रबिधिकहरु कामका लागि पुगेको भएपनि देशका कतिपय दुर्गम क्षेत्रमा प्रबिधिकहरुले अनुहारसम्म नदेखाएका घटनाहरु सार्वजनिक भैरहेका छन् । यसैको एउटा जवलन्त उदाहरण हो बागलुङको ढोरपाटन नगरपालिकाको एक गाउँ जहाँ कृषकहरुले पहिलोपटक कृषि प्रबिधिकलाई भेटेका छन् । परम्परागत रुपमा स्याउ खेती गर्दै आएका कृषकरुलाई सघाउनको लागि नगरपालिकाले कृषि प्रबिधिक खटाएपछि उनीहरुको पहिलो भेट भएको हो । एक गाउँ एक प्रबिधिक कार्यक्रम अन्र्तगत नियुक्त भएका कृषि प्राबिधिक त्यो क्षेत्रमा नपुगेका कारण यो अवस्था आएको हो । जिल्ला सदरमुकाममा बसेर हाजिर गरेको भरमा सेवा सुबिधा दिने नियमनकारी निकाय र आफ्नो जिम्मेबारीबाट भाग्ने र ठगीको खेती गर्ने कर्मचारीका कारण यो अवस्वथा आएको हो । लामो समय पर्खाइमा रहेका कृषकहरुले पछिल्लो समय स्थानिय निकायको पहलमा कृषि प्रबिधिको मुख देखे यो दुःखद कुरा हो ।
जिल्ला कृषि विकास कार्यालयबाट करारमा नियुक्त भएका कर्मचारी किन त्यहाँ पुगेनन् । या त कृषि विकास कार्यालयले अन्य क्षेत्रमा जस्तै त्यहाँका लागि भनेर कर्मचारी खटाएको छैन् यो खोजीको बिषय हो । सकारले सबै खालका सेवा सुबिधा दिएर दरवन्दी होस् या करारमा खटाएका कर्मचारी खटाईएको क्षेत्रमा जानु पर्छ । यदि हैन भने सरकारी सेवाको उपभोग गर्न छोड्नु पर्छ । सेवाको उपभोग पनि गर्ने र कार्यक्षेत्रमा फर्केर नहेर्ने कर्मचारीलाई कस्ले कार्वाही गर्ने ? नियमनकारी निकाय चनाखो हुने हो र स्थानिय स्तरबाट कर्मचारीको अनुगमन र नियमन गर्ने होभने यो अवस्था नदोहोरीन सक्छ । यदि जिल्ला सदरमुकामै बसेर हाँजिरी गरेको भरमा आँखा चिम्लेर सेवा सुबिधा बाँडिरहने होभने कयौं ढोरपाटनहरु जिल्लामा देखा पर्न सक्छन् । सुगम क्षेत्रको तुलनामा दुर्गममा काम गर्न कठिन छ । त्यहाँ काम गर्ने कर्मचारीलाई सेवा सुबिधामा तलमाथि गर्ने काम राज्यको हो । उनीहरुको सेवा सुबिधाका बिषयमा राज्य गम्भीर बनोस् तर खटाईएको क्षेत्रमा काम नगरीकनै सरकारी सुबिधा लिने कृषि प्रबिधिकहरुलाई कार्वाही होस् । कर्मचारीको भरमा चलेको स्थानिय तहमा नयाँ आएका जनप्रतिनिधिले पनि यि र यस्ता क्षेत्रमा ध्यान पु¥याउन । सर्वसाधारणको तर्फबाट खवरदारी भैरहन जरुरी छ ।