बागलुङ, ६ फागुन– जिल्लमा युवा उद्यम कार्यक्रम प्रभावकारी बनेको छ । युवाहरुलाई स्थानिय स्तरमा नै उद्यमशिल र स्वरोजगार बनाउने उदेश्यका साथ सुरु भएको युवा उद्यम कार्यक्रम ग्रामिण क्षेत्रमा फलदायी बनेको छ । राष्ट्रिय युवा परिषद अन्तर्गत जिल्ला युवा समितिको कार्यालयबाट युवा उद्यम कार्यक्रम सञ्चालन हुँदै आएपछि झन्डै चार दर्जन युवाहरु प्रत्येक्ष लाभान्धित भएका छन् । युवा उद्यम कार्यक्रम मार्फत बागलुङको साविक तिन वटा निर्वाचन क्षेत्रका ४० जना युवाहरु व्यवसायीक कृषि एवं पशुपालन व्यवसाय संचालन गरेका छन् ।
युवाहरुले छुट्टा–छुट्टै रुपमा बिभिन्न समुह गठन गरि कृषि तथा पशुपालन व्यवसाय गर्दै आएका छन । जिल्लाको भकुन्डेमा धौलागिरी युवा क्वल कुखुरा तथा बंगुरपालन समुह,भगवती कृषि समुह तरकारी खेती एवं वंगुरपलान फर्म जैदी,बडिगाढ युवा कृषि तथा पशु विकास समुह दगान्तुडाडा र जनजाती बाख्रापालन समुह रणसिहंकिटेनीमा गठन गरि व्यवसाय संचालन गर्दै आएका छन् । १६ देखि ४० बर्ष उमेर भित्रका युवाहरुलाई उद्यमशील र स्वरोजगार बनाउने उदेश्यले राष्ट्रिय युवा परिषद अन्तर्गत जिल्ला युवा समितिको कार्यालयबाट युवा उद्यम कार्यक्रम सञ्चालन हुदै आए पछि स्थानिय स्तरमा नै रोजागरीको सृजना भएको जिल्ला युवा समिति बागलुङका अध्यक्ष बिष्णु पौडेलले बताए । जिल्ला युवा समितिको कार्यालय बागलुङ मार्फत गत बर्ष देखि ४ समुहका युवाहरु कृषि तथा पशुपालन गर्नतर्फ आर्कषण हुदै आएको पौडेलले बताए ।
जिल्ला युवा समितिले पहिलो किस्ताको दुई लाख ५० हजार रुपैयाँ उपलब्ध गराईसकेको र अब थप रकम उपलब्ध गराउने भएको छ । जिल्ला युवा समितिको आर्थिक सहयोगका साथै आफनो समेत लगानीबाट अहिले ६८ वटा बाख्रा पालन गर्दै आएको र दोस्रो किस्ताको रकम प्राप्त भएपपछि थप बृद्धि गरि दुई सय वटा पु¥याउने जनजाति बाख्रा पालन समुह रणसिहंकिटेनीका अध्यक्ष मानिन्द्र पाईजाले बताए । स्वदेशमा नै केही गर्ने सोचले १० जना युवाहरुको समुहले बाख्रा पालन गर्दै आएको जानकारी दिदै पाईजाले पशुपालनलाई व्यवसायीक रुपमा अगाडि बढाउन सम्बन्धित निकाय र सरोकारवाला निकायले समेत थप सहयोग गर्दै जानुपर्ने अवस्था देखिएको बताए । गत बर्ष जिल्लाका बिभिन्न स्थानमाका चार समुहलाई अनुदान उपलब्ध गराएको र यस बर्ष थप दुई वटा निर्वाचन क्षेत्रमा एक एक वटा समुहलाई प्रदान गर्ने तयारी भईरहेको जिल्ला युवा समितिका कार्यालय प्रमुख कुश्मराज उपाध्यायले बताए । अनुदान पाएपछि युवाहरु व्यवसायीक बनेको उल्लेख गर्दै उनले यसलाई थप बिस्तार गर्न आवश्यक रहेको बताए ।
गत बर्ष एक समुहमा १० जना व्यक्ति रहेको समुहलाई अनुदान प्रदान गरिएको भएपनि यस बर्ष ५ जना व्यक्ति रहेको समुह मध्येबाट छनोट गरि अनुदान प्रदान गरिने भएको छ । युवाहरुले व्यवसायीक रुपमा संचालन गर्दै आएको कृषि एवं पशुपालनको अनुगमन समेत गरिएको छ । जिल्लाको रणसिहंकिटेनी र बडिगाढमा संचाल भईरहेका पशुपालन व्यवसायको अनुमन गरिएको जिल्ला युवा समितिका अध्यक्ष पौडेलले बताए ।