बागलुङ, ११ माघ– बाल दुव्र्यवहार, बाल विवाह र विद्यालय बिमुख भएका बालबालिकालाई शिक्षा, स्वास्थ्य र अधिकारको मुल धारमा ल्याउनका लागि पहल थालिएको छ । जिल्ला बाल कल्याण समिति र बालबालिकाको क्षेत्रमा काम गरेका सरोकारवाला संस्था तथा व्यक्तिहरुको बैठकले पहिलो चरणमा बागलुङ नगरपालिका, बरेङ गउँपालिका र निसीखोलामा तथ्यांक संकलन र श्रोत नक्सांकन गरिने बालकल्याण अधिकारी डिलकुमारी शर्माले बताईन् । ‘तीतवटै तहमा तिनवटै बिषयको अध्ययन गरिनेछ’ शर्माले भनिन्, ‘यो रिपोर्ट आएपछि बालबलिकाको वास्तविक अवस्था थाहा हुनेछ ।’ पहिलो बर्ष ७५ हजार रुपैयाँ मात्र बजेट भएकोले सबै स्थानमा अध्ययन गर्न नसकिने उनले बताईन् ।
जिल्ला बालकल्याण समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले प्रारम्भिक चरणको कामका लागि महिला विकास अधिकृत, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन र जिल्ला समन्वय समितिका बरिष्ठ सामाजिक परिचालक भेषराज शर्मालाई जिम्मा दिइएको छ । पछिल्लो समय बागलुङ नगरपालिका भित्र किशोर तथा बाल उमेरमै लागू पदार्थ दुव्र्यसनीहरु बढेको भेटिएको छ । साथै अभिभावकले वेवास्ता गर्दा उनीहरु एडिक्टको अवस्थामा पुगिसकेको भेटिएको छ । त्यस्तै बाल उमेरमै विवाह गर्दा विशेषगरी किशोरीहरुको स्वास्थ्य अवस्था नाजुक भएको, दिर्घ रोगी भएको पनि भेटिएको हो । शिक्षाको कमी, अभिभावकको वेवास्ता लगायतको कारणले यस्ता समस्या बढी आउने गरेका हुन् । त्यस्तै निसीखोला, ढोरपाटन लगायतका स्थानमा बस्मजदुरीमा लागेका बाबुआमा सँगै बालबालिका पनि लाग्ने गर्दा विद्यालयबाट पनि वञ्चित छन् ।
उनीहरुको अवस्था पहिचान सँगै विद्यालयमा भर्ना गराउने लक्षयले तथ्यांक संकलन गरिने शर्माले बताईन् । महिला तथा बालबालिका कार्यालयले समाजकल्याणको काम पनि गर्दै आएको छ । जिल्ला तहमा समाजकल्याण अधिकारीको जिम्मा महिला विकास अधिकृतलाई दिइएको छ । जिल्लाको भौगोलिक अवस्था, गरिवी, शिक्षाको कमी लगायतको समस्याले बाल विवाह र विद्यालय भन्दा बाहिर बालबालिका रहने अवस्था निरन्तर छ । दुव्र्यसनी तर्फ भने विपन्नता भन्दा सम्पन्न परिवारका बालबालिका र शिसोर किशोरी बढी छन् ।
Previous Articleमजदुर युनियनका १० माग यस्ता छन्
Next Article बागलुङमा लक्ष भन्दा ३० प्रतिशतले बढी कर संकलन