प्रेम बहादुर थापा
अब धेरै नगाउ साथी माया प्रितीका गीतहरु
क्षण् भरमै विलिन हुन्छन् साँचेका ती प्रितहरु ।
धुलो पनि पैतालाको सिन्दुर बन्छ विश्वासमा
उजाड बन्छ घर पनि एक आपसको अविश्वासमा ।।
श्रृजनाका फुलहरु अब यहाँ फुल्नु पर्छ
विकासका मुलहरु अब यहाँ फुट्नु पर्छ ।
हातमा हैसे गरी अब एकतामा जुट्नु पर्छ ।
सगरमाथा शिखर चुम्न अब सबै उठ्नु पर्छ ।
अब धेरै नगाउ साथी माया प्रितिका गीतहरु
क्षण भरमै विलिन हुन्छन् साँचेका ती प्रितहरु
गाउँ शहर धप्प बल्न लो सेडिङ घट्नु पर्छ ।
भ्रष्टाचारी माफिया तन्त्र यो देशबाट हट्नु पर्छ ।
कुलो नहर बाटो घाटो आफ्नै हातले खन्नु पर्छ ।
अन्य सरह स्वाबलम्भी हामी पनि बन्नु पर्छ ।।
अब धेरै नगाउ साथी माया प्रितिका गीतहरु
क्षण भरमै विलिन हुन्छन् साँचेका ती प्रितहरु
शिरमा हाम्रो सगरमाथा तराईमा सम्म फाँट
मुल फुटाउन विकासको चाहिन्छ नेतामा आँट ।
ह््रदयको ढोका खोली दिन्छन् जनताले साथ
नेताजीले गर पुरा राखेको जनताले आश
अब धेरै नगाउ साथी माया प्रितिका गीतहरु
क्षण भरमै विलिन हुन्छन् साँचेका ती प्रितहरु
भुल्नु हुन्न कतै हामी विर पुर्खाका गाथाहरु
झुकाउनु हुन्न कहिल्यै पनि विर सपुतका माथहरु
खाना पुगोस दिन पुगोस् असिम रहनु साथहरु
प्रार्थनिय ओठ भन्दा पवित्र हुन्छन् सहयोगी हातहरु
अब धेरै नगाउ साथी माया प्रितिका गीतहरु
क्षण भरमै विलिन हुन्छन् साँचेका ती प्रितहरु
सिद्धार्थ शिक्षा सदन, रामरेखा बागलुङ