न्यु एभरेष्टको बार्षिकोत्सव
बागलुङ, ९ माघ–सोमबार कालिगण्डकी स्नान गरी सरस्वतीको पुजा आरधाना गर्दै न्यु एभरेष्ट एकेडेमी बागलुङको १२औं बार्षिक उत्सव समारोह सम्पन्न भएको छ । बिद्यालयले तिनदिन अघिदेखी बिभिन्न कार्यक्रम गर्दै मनाई रहेको बार्षिकउत्सव कार्यक्रम सोमबार सरस्वतीको पुजा गरे सँगै सम्पन्न भएको हो । सोमबार बिद्यालयका बिद्यार्थी, अभिभावक तथा शिक्षकहरुले कालिगण्डकी नदिमा स्नान गरी कालिका मन्दिरको दर्शन र बिद्यालय परिसरकाम आयोजीत कार्यक्रममा सरस्वतीको पुजा आरधाना गरेका थिए । सरस्वती पुजाको अवसरमा बिद्यार्थीहरुले बिबिध सांकृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने बिद्यालयले अन्तरनिहित क्षमता प्रस्तुत गर्दै उत्कृष्ठ स्थान हाँसिल गर्ने बिद्यार्थीहरुलाई पुरसकृत समेत गरेको थियो । सोमबार भएको अभिभावक घैटो फुटाउने प्रतियोगीतामा महिला तर्फ कमला खड्का र पुरुष तर्फ कृष्ण नेपाली पहिलो भएका थिए । बिद्यालयले बार्षिकोत्सवको अवसरमा बिभिन्न खेलकुद, सांकृतिक तथा नृत्य प्रतियोगीताको गरेको थियो । सोमबार भएको समापन समारोहमा बोल्दै बक्ताहरुले शिक्षक, बिद्यार्थी र अभिभावक बिचको सुमधुर सम्बन्धले शिक्षण सिकाई प्रभावकारी हुने बताए । प्रिन्सिपल कृष्ण अधिकारीको अध्यक्षता शिक्षक सनम खत्री र नारायण सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
युएसको वार्षिकोत्सव सम्पन्न
युएस एकेडेमीको १५ औं वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम गरेर सोमबार सम्पन्न भएको छ । दिवशको अवसरमा आयोजित मुल समारोहमा शिक्षाको विकासका लागि सबैको साझा चासो आवस्यक भएको भन्दै गुणस्तरीय शिक्षामा पनि जोड दिइएको थियो । बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले स्थानीय आवस्यकता अनुसारको शिक्षा नीति बनाउन लागिएको धारणा राखेका थिए । उनले निजी विद्यालयले शिक्षामा गरेको लगानीले राज्यको भार कम भएको पनि बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारानाथ शर्माको अध्यक्षता, शिव शर्माको संचालनमा सम्पन्न कार्यक्रममा श्रोत व्यक्ति ढकबहादुर पुन, पत्रकार महासंघका सचिव राम थापा अविरल लगायतले बोलेका थिए । प्रधानाध्यापक दल थापाले प्रगती विवरण प्रस्तुत गरेका थिए । उक्त अवसरमा वार्षिकोत्सवमा आयोजित कार्यक्रमका खेलकुँद र रचनात्मक क्रियाकलापमा बिजयीलाई पुरस्कार दिइएको थियो ।
आदर्शमा सरस्वती पुजा
आदर्श बिद्यामन्दिर माबिबागलुङले पनि सोमबार सरस्वती पुजा बिषेश कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालय प्राङ्गडमा आयोजना गरीएको कार्यक्रममा बिबिध सांकृतिक तथा खेलकुद कार्यक्रम र पुरस्कार बितरण तथा सम्मान कार्यक्रम समेत गरीएको थियो । पुजाको मुल समारोहलाई सम्बोधन गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकाराज पौडेलले शिक्षा क्षेत्रमा निजि बिद्यालयले खेलेको भुमीका निकै महत्वपुर्ण रहेको बताए । कार्यक्रममा धनप्रसाद पोखरेल, रामप्रसाद उपाध्याय लगायतले बोलेका थिए । कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कर्ण बहादुर केसीको अध्यक्षता, शिक्षिका संगिता रेग्मीको सञ्चालन र बिद्यालयका शिक्षक मेघराज चालिसे को स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । यसैबिच बागलुङ बिषेश बाल कक्षा प्राबि उपल्लाचौर मा सोमबार सरस्वती पुजा गरिएको छ । पुजाको अवसरमा बोल्दै साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङका प्रमुख मनोज कुमार श्रेष्ठले अपांगता भएका बालवालीकाहरुको क्षेत्रमा राज्य तथा समाजले लगानी गर्नु पर्ने बताए । कार्यक्रममा चन्द्रमणि सापकोटा, नरबहादुर श्रीष, लगायतले बोलेका थिए । कार्यक्रममा गाजा फाउण्डेसन बागलुङले ४० थान न्यानो कपडा बिषेश बाल कक्षाका बिद्यार्थीहरुलाई बितरण गरेको थियो । कार्यक्रमको अवसरमा खेलकुदमा उत्कृष्ठ बिद्यार्थीहरुलाई पुरस्कार समेत बितरण गरिएको थियो । सुरेश श्रेष्ठको अध्यक्षता, प्रद्यानध्यापक युक्तजंग राजभण्डारीको स्वागत र शिक्षिका भगवती केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
फ्युचरको बार्षिकोत्सव
फ्युचर ब्राईटर बोर्डिङ स्कुल बागलुङले सोमबार आफ्नो स्थापनाको २९ औं बर्ष गाँठ मनाएको छ । बार्षिक उत्सवको अवसरमा बोल्दै बक्ताहरुले निजि बिद्यालयले देशको शिक्षा क्षेत्रमा पु¥याएको योगदानको राज्यले कदर गर्नुपर्नेमा जोड दिए । बिद्यालयले बर्ष भरीका परिक्षाहरुमा उत्कृष्ठ अंक ल्याउने बिद्यार्थी तथा खेलाडि बिद्यार्थीहरुलाई पुरसकार बितरण गरिएको थियो । कार्यक्रममा बानपा २ का वडा प्रतिनिधि सदस्य सुरज बोसेल, नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल, पत्रकार महासंघका अध्यक्ष दिल श्रीष, सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्याय लगायतले बोलेका थिए । बिद्यालयका प्रिन्सिपल बालकृष्ण शर्माको अध्यक्षता, सरस्वती शर्माको स्वागत र शिक्षिका सुनिता पुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
अमृत आदर्शको बार्षिकोत्सव
अमृत आदर्श आवासिय माध्यामिक विद्यालय बागलुङको ३४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेले संस्थागत विद्यालयहरुले शैक्षिक गुणस्तर अभिबृद्धि गर्नका लागि सहयोग पु¥याएको बताए ।
उनले राज्यले सामुदायिक विद्यालयका लागि करोडौँ लगानी गरिरहे पनि गुणस्तर खस्किरहनु बिडम्बनाको बिषय भएको भन्दै शिक्षक, अभिभावकहरु सबै एक साथ लाग्नुपर्ने भनाई राखे । कार्यक्रममा विद्यालयका प्रिन्सिपल महेशचन्द्र प्रधान, विद्यालय व्यवस्थापन समितिका संस्थापक सदस्य कृष्णबहादुर श्रेष्ठ, शिक्षक अभिभावक संघका बाबु डियर हमाल, अभिभावक दुर्गा महत, रुद्रा केसी, शिक्षक सरोजराज पन्त, विद्यार्थी विपिन न्यौपाने, सम्झना सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए । बार्षिकोत्सवका अवसरमा नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणका लागि विद्यालयले १० हजार रुपैँया प्रदान गरेको छ । विद्यालयका अध्यक्ष तथा प्रिन्सिपलले महासंघका कोषाध्यक्ष बिजय रानालाई चेक हस्तान्तरण गरे । सोही अवसरमा सरस्वती माताको पुजाआजा सहित शिक्षक, विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । बार्षिकोत्सवको अवसरमा आयोजना गरिएका विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको विद्यालयले जनाएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सनतकुमार श्रेष्ठको अध्यक्षता, शिक्षक सुर्यबहादुर महतको स्वागत मन्तव्य र नगेन्द्र मल्ल एवं लक्ष्मी खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।
कालिका कन्यामा अभिभावक दिवस
कालिका कन्या माध्यामिक बिद्यालयले सरस्वती पुजाको अवसर पारेर सुरु गरेको दुई दिने अभिभावक दिवसको मुल समारोह सोमबार सम्पन्न भएको छ । सोमबार भएको मुल समारोहलाई सम्बोधन गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बिद्यालयको शैक्षिक सुधारका लागि अभिभावकको भुमिका महत्वपुर्ण हुने बताए । पौडेलले बिद्यार्थीका कृयाकलापमा अभिभावकले ध्यान दिनु पर्ने भन्दै शैक्षिक सिकाईको बिषयमा बिषेश ध्यान दिनु पर्ने बताए । कार्यक्रममा रघुपती गौचन स्मृतिकोष संस्थापक पार्वती गौचन, पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमाकान्त सापकोटा, शिक्षक प्रतिनिधी फडिन्द्र आचार्य, शिक्षक संघका सदस्य चिन्तामणी शमार्, प्रध्यानाध्यापक धनराज सापकोटा, खानेपाली महासंघ बाग्लुङका अध्यक्ष हरीप्रुसाद श्रेष्ठ, जेहेनदार कुल बहादुर पुरस्कारका प्रतिनिधि असोक गोविन्दराज भण्डारी, श्रोत व्यति ढक बहादुर पुन , छात्रको तर्फबाट नवराज नेपाली छात्रको तर्फबाट भावना लगायतले बोलेका थिए । कार्यक्रम बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष भिमसेन श्रेष्ठको अध्यक्षता, शिक्षक हिमा रिजालको स्वागत र शिक्षक बिरबहादुर किसानको सञ्चालनमा सम्पन्न भएको थियो । बिद्यालयमा ४ बर्ष सम्म सेवा दिएका शिक्षक कुश्मराज शर्मालाई मायाँको चिनो दिएर बिदाई गरिएको छ ।