दिपुजङ्ग खत्री
तिम्रो र मेरो सम्बन्ध जुटायो भगवानले
म बाट तिम्रो साथ छुटायो भगवानले
चन्द्र छुने लक्ष्य सबै अल्झिएर तुँवालोमा
मेरो कल्पनाको संसार लुटायो भगवानले
दुईटा मुटु भयो वारपार अनि म बिचल्लीमा
गाँसिएको दुईटा मुटु टुटायो भगवानले
कस्तो भाग्य लेखिएछ छैंटौ दिनको साइतमा
पत्थर जस्तै सम्बन्ध फुटायो भगवानले ।।
गलकोट, हरिचौर (हाल जापान)