मेघराज पाण्डे
अब त हाम्रो नेपालमा विकास धेरै हुँदैछ
पौरखि हाम्रा हातले आकाशे तारा छुँदैछ
अब त हेर साथी हो पुर्वमा रातो आईसक्यो
बारीमा गौथली चरीले चिरबिरे गित गाईसक्यो ।१।
अब त खोला थुनेर उज्यालो देशमा पार्नु छ
विकास धेरै गरेर आकाशे तारा झार्नु छ
सुगन्ध दिने यो देशमा बिरुवा धेरै सार्नु छ
बिदेश जाने दाजुलाई स्वदेशमै रम्ने पार्नु छ ।२।
विकासप्रेमी सरकार बन्नै लाग्यो भर्खर
सुतेर अब नबस् गरन केही लर्खर
थुनेर कालीगण्डकी लगाउ टारी बारीमा
हराभबा होस् यो देश बस्नु छ हामी छहारीमा ।३।
बुद्धले यसै देशमा शान्तिको दियो बालेथे
जनक राजा यहि देशमा ज्ञानको भण्डार पालेथे ।
सभ्यता र संस्कृति पहिचान हुन्छ देशको
संरक्षण गर्नु पर्दछ भाषा र भोजन भेषको ।४।
नागबेली डाँडा हाम्रै हुन्, सिरसिरे हावा चल्दै छ
बिदेश नजाउ दाजुभाई विकास दियो बल्दैछ
देउराली भन्ज्याङ सिंगार्छौं झिल्मीली बत्ति बालेर
देशको गौरव बढाउँछौं , डाँफे र मुनाल पालेर ।५।
सगरमाथा हाम्रै हो, बिश्वको उच्च गौरव
भृकुटी सिता हाम्रै हुन्, आदर्श नारी सौरभ
याक र चौरी डुल्दै छन् हिमाली हाम्रै पाखामा
अब त नेपाल जम्कन्छ यहि हिमाली काखमा ।६।
हिन्दु सनातन भनेर विश्वले हाम्लाई चिन्दै छ
कुन्नी कहिले कस्ले हो पैसाले यसलाई किन्दै छ
चन्द्र र सुर्य ध्वजाको शितल हामी बस्ने छौं ।
स्वधर्म आफ्नो थाम्नलाई कम्मर हामी कस्ने छौं ।७।
बागलुङ