बागलुङ, १८ पुस-नेपाली लोकगीत संगीतको क्षेत्रका हस्ती हुन् बसन्त थापा । बागलुङ जिल्लाको गलकोट नगरपालिका–७ मल्ममा जन्मेका थापाले थुप्रै गीत संगीत सिर्जना गरि बजारमा ल्याएका छन् । उनका कैंयौ गीतहरुले अवार्ड समेत प्राप्त गर्न सफल भए । नेपाली गीत संगीतमा मौलिक पञ्चेबाजाका गीतहरु श्रोता दर्शक माँझ पस्केर मन मुटुमा बस्न सफल गायक तथा सर्जक बसन्त थापा र पछिल्लो समयमा आफुलाई लोकसंगीतको क्षेत्रमा यात्रा तय गरिरहेकी गायिका सीता श्रेष्ठले बजारमा अर्को नयाँ पञ्चे बाजाको गीत बजारमा ल्याएका छन् । परदेशमा बसेर पनि गीत संगीतमा निरन्तर कलम चलाईरहेका गीतकार नारायण कंडेलको शब्द र बसन्त थापाको लयमा गित निकै मार्मिक बनेको छ । मंसिर महिना सकिएर पौष लाग्दै गर्दा बहुचर्चित गायक बसन्त थापाले गायिका सीता श्रेष्ठलाई हाँसीहाँसी डोली चढाई लगेका छन् । यो रियलमा चाहिँ होइन, ‘हाँसी–हाँसी जिन्दगी काट्नु पर्छ तिमीले’ भन्ने गीतमा गायक थापाले पाले श्रेष्ठलाई डोली चढाएर लगेका हुन् । पछिल्लो समयमा पञ्चेबाजा र थापा भनेपछि एक प्रकारको नयाँपन हुनु स्वभाविक जस्तो लाग्न थालेको छ आम श्रोता दर्शकलाई । यसको अर्थ यो पनि हो कि बसन्त थापाका हरेक सिर्जनाहरु मन छुने खालका हुन्छन् । पछिल्लो समय सार्वजनिक भएको हाँसी–हाँसी एउटा त्यस्तो गीत हो जहाँ गीत मात्र होइन सन्देश पनि दिन खोजिएको छ । मायामा विछोड हुँदा पनि अरुको खुशीको लागि त्याग गर्न सक्नुपर्छ भन्ने सन्देश यस गीतमा प्रस्तुत गरिएको छ । जापानमा रहेर पनि नेपाली गीत संगीतमा निकै लोकप्रिय सर्जक नारायण कँडेलले यो गीतमा शव्द सिर्जना गरेका छन् । ओबी रायमाझी र रञ्जिता गुरुङको भिडियोमा अभिनय रहेको छभनें गीतको लय गायक बसन्त थापाको रहेको छ । सो गीतमा बसन्त थापा र सिता श्रेष्ठको सुमधुर आवाजले गीतलाई अझ राम्रो बनाएको छ । सीता श्रेष्ठ पछिल्लो समय गीत संगीतमा निकै चर्चा कमाउदै गईरहेकी छन् । उनको सुमधुर आवाजले नेपाली लेकगीत संगीतका पारखीहरुको मन जित्न उनी सफल भएकी छन् । गायक बसन्त थापाको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको सो गीतको म्युजिक भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन् । –थम्मन थापा सन्देश