बागलुङ, १३ पुस– बरेङ गाँउपालिका–१ मा रहेको बिहानी पोलिक्लिनिकमा १ दिने सुलभ स्वास्थ्य सेवा सम्पन्न भएको छ । स्वास्थ्य सेवामा एमविविएस डा. सन्दिप कुमार शर्माद्धारा भिडियो एक्सरे, मुटु सम्बन्धि चेक जाँच, महिलाहरुको पाठेघर तथा गर्भवती महिला चेकजाँच, उच्च रक्तचाप, श्वासप्रश्वास तथा छाती सम्बन्धि चेकजाँच तथा एमडिए नरबहादुर रिजालद्धारा दाँतको सम्पूर्ण चेकजाँच गरिएको थियो । १ दिने सुलभ स्वास्थ्य सेवामा स्वस्थ्यकर्मी चेतनाथ पौडेल, खेम रसाईली र मन्जु विकले स्वास्थ्य सेवामा बिरामीको चेकजाँचमा विशेष सहयोग पु¥याएका हुन् ।
१ दिने सुलभ स्वास्थ्य सेवामा भिडियो एक्सरेतर्फ १४ जना, दाँत चेकजाँच तर्फ २५ जना गरि ३९ जनाले स्वास्थ्य सेवामा सुविधा लिएको आयोजनाका संयोजक तथा बिहानी बहुउद्वेश्यीय सहकारी संस्था बरेङका पूर्व अध्यक्ष रनबहादुर रिजालले जानकारी दिए । त्यसैगरी, बरेङ गाउँपालिका खोप समन्वय समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिकालाई पूर्ण खोप सुनिश्चत घोषणा गर्ने उद्धेश्यले बैठक सम्पन्न भएको हो । बरेङ गाँउपालिका अन्तरगत वडा नम्बर ३ बाटाकाचौर यस अघिनै पुर्ण खोप सुनिश्चित वडा घोषणा भैसकेका छन् ।
Previous Article२०७४ पुस १३ गते बिहिबारको राशिफल
Next Article मिस एन्जलको बन्द प्रशिक्षण सुरु