प्रकाश अधिकारी
पोखरा, १३ पुस– ड्रिम्स् फेशन हाउस पोखराको प्रस्तुतिमा हुन लागेको प्रथम मिस एन्जलको बन्द प्रशिक्षण बुधबारबाट पोखरामा सुरु भएको छ । बन्द प्रशिक्षणको उद्घाटन गुरुङ फिल्मका नायक तथा निर्देशक गोमन घलेले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै घलेले सहभागीलाई समयको ख्याल गर्न र अनुशासनको पालना गर्न सुझाव दिए ।
उनले मिस एन्जलको विजेतालाई म्यूजिक भिडियो र आगामी वर्ष आफुले निर्माण गर्न लागेको चलचित्रमा अवसर दिने प्रतिद्धवता जनाए । घलेले प्रथम मिस एन्जल सफलताको शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा अभिभावक चन्द्रा पराजुलीले पनि आफ्नो भनाई राखेकि थिईन् । ड्रिम्स् फेशन हाउसका प्रमुख सल्लाहकार गोविन्दप्रसाद तिवारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन ड्रिम्स् फेशन हाउसका अध्यक्ष देवेन्द्र एस.के. ले गरेका थिए ।
प्रतियोगितामा पहिलो र दोस्रो चरणको अडिसन गरेर १५ जना युवती छनौट भएका छन् । छनौटहरुमा पवित्रा थापा, निरु थापा मगर, सजना तिवारी, अल्पिना गुरुङ, मिना नेपाली, विनिसा ढकाल, रुवीया जोशी, प्रकृती श्रेष्ठ, कृति श्रेष्ठ, तुलसी महोत्त, सविना क्षेत्री, विनाता गोदार, सिर्जना पौडेल र सुस्मीता तिवारी पनि मिस एन्जलको लागी छनौट भएको जुरी टिम संयोजक, कवि तथा लेखक प्रकाश अधिकारीले जानकारी दिए । छनोट भएका प्रतियोगितालाई बन्द प्रशिक्षणमा विभिन्न व्यक्तित्व र नेतृत्व विकास सम्बन्धि प्रशक्षिण गराईने छ । प्रतियोगितामा कोरियोग्राफी ओशिन राईले गरेकि छिन् ।
युवतीको बौद्धिक सुन्दरता, नेतृत्व विकास र सामाजिक उत्तरदायित्व भन्ने आदर्शलाई आत्मसाथ गर्दै विभिन्न संघसंस्थाको आयोजनामा प्रतियोगीता गरिएको इभेन्ट संयोजक सपना तिवारीले जानकारी दिईन् । मिस एन्जल पोखरा २०७४ का अध्यक्ष देवेन्द्र एस.के. ले प्रतियोगिताले युवतीको लुकेको—दवेको आवाज र अन्तरनिहित प्रतिभालाई प्रोत्साहन गर्न जोड दिने बताए । उनले मिस एन्जल पोखराको विजेताले मिस नेपालमा सहभागी हुन पाउने बताए । मिस एन्जल पोखराको ग्राण्ड फिनाली आगामी माघ २० गते पोखरा सभागृहमा हुने छ भने विजेताले नगद ५० हजारको साथमा क्राउन र विभिन्न पुरस्कार तथा अवसरहरु प्राप्त गर्नेछन् ।
त्यसैगरि उपविजेता र विद्यागत विजेताहरुले नगद सहित क्राउन, विभिन्न पुरस्कार र अवसरहरु पाउने जनाईएको छ । ईभेन्टबाट मुनाफा भएको ५० प्रतिशत रकम सडकबालबालिकाको लागि खर्च गरिने गोबिन्द तिवारीले जानकारी दिए ।
Previous Articleबरेङमा सुलभ स्वास्थ्य सेवा सकियो
Next Article भुजुङगाउँ लमजुङ पुस्तकको विमोचन