विवाहमा बज्ने बाजा हुन वा धार्मिक कार्यमा बज्ने भजन सबैखाले सांगीतिक कार्यक्रममा खुट्टा उचालेर नाच्ने र गाउने बानी लागेका बागलुङे सर्जक दिपक कँडेल अहिले जापानको ब्यस्त सहरमा बसेर सिर्जनामा लागेका छन् । सानै उमेरमा बैदेशिक रोजगारीमा निस्किएका कँडेल पछिल्लो समय बजारमा आएका केही सफल गीतका सर्जक हुन् । ‘हिरामोती’ नाम गरेको गीति एल्बम बजारमा ल्याएर चर्चा कमाएका कँडेलले सोही गीतको चर्चासँगै दर्जन बढि सफल गीतहरु बजारमा ल्याएका छन् । जिल्लाको बिहुँमा जन्मिएर कामको शिलशिलामा जापानमा रहेका कँडेल छोेटो समयमै स्रोता र दर्शकको अपार माया पाउन सफल भएका हुन् । प्रदेशको भुमिमा आफु र आफु जस्ता लाखौ नेपालीले भोग्नु परेको पीडा समेटेर उनले पहिलो गीत बजारमा ल्याएका थिए ।
माया प्रेमका शबदहरु समाबेश गरेर बजारमा आउने गीतहरुले बजार तताईरहेका बेला बैदेशिक रोजगारी र देशमा रहेको सम्भावनालाई दर्शाउँदै बनाएको गीत सफल बनाउन निकै मेहेनत गर्नुपर्ने थियो । बिदेशीको तितो–मिठो ब्यबहार सहेर लामो समय काम गरेका कँडेललाई त्यो संर्घष सामान्य बन्यो । मिठा र मार्मिक शव्दहरु बुनेर एल्वम तयार पारेका कँडेलको यो गीत बजारमा जाने बित्तिकै अत्याधिक स्रोता तथा दर्शकले मन मात्रै पराएनन् एफएम रेडियोहरुले स्वदेश गान बजाउने बेलामा बजाउने गीतको सूचीमा समेत परेको उनी बताउँछन् । ‘हिरामोतीमा’ उनले बैदेशिक रोजगारमा रहेका नेपालीहरुको यथार्थ जीवन कहानी समेटेकाले यो गीत सफल भएको बताउनेहरु पनि छन् । कंडेलले हालसम्म हिरामोती, कठै मेरो जुनी, प्रदेशतिरै गयो, पैसा, म मरेर गए नि, आइन सानु घर, बिस, साहुको रिनैले, टोकियोको रोधी घरैमा जस्ता अत्याधिक लोकप्रिय गीत सिर्जना गरिसकेका छन् ।
दर्जन बढि गीतमा शव्द लेखेर लगानी गरेका उनले आगामी दिनमा पनि स्रोता तथा दर्शकको मन छुने खालका गीत बजारमा ल्याउने योजना बनाएको बताए । ‘घर परिवारबाट गीत संगीतमा लगानी नगर्न भनेर प्रेसर आईरहन्छ’ कँडेलले भने– ‘मेरो सानैदेखीको रुची भएकाले निरन्तर लागिरहेको छु ।’ लगानी गरेर मायाबाहेक प्रतिफल नआउने क्षेत्र भएकाले परिवारले लगानी नगर्न अथ्र्याउने गरेको उनको भनाई छ । ‘सुरुमा गाउँमा छँदा सँगत र पैसा दुबै थिएन’ उनले भने– ‘जापान पसेपछि कलाकारको सँगत र अलिअलि पैसाले बाजामा नाच्दाको याद दिलाउने गरी गीत संगीतमा लाग्ने गरायो ।’ दिनभर जापान जस्तो ब्यस्त देशमा साहुको काममा खटिने उनले साँझ बिहान फुर्सदको समयमा चलाएको कमले शव्दका मालाहरु बुन्ने गरेको बताए । उनले नेपाली माटोलाई सम्झेर गीत संगीतको सिर्जना गर्ने गरेको बताए ।कृषि पेसा छ पशुपालन
आफैबाट गर्नु छ थालन
बनमाराले खाइसक्यो खोरिया हिरामोती सुन फल्छ यहि देशमा नजाम अब जापान र कोरिया
‘हिरामोती’ एल्बममा समाबेश यो शब्द धेरैका ओटमा गुन्जीएको उनी बताउँछन् । उनले बिदेशमा हुने दुखलाई गीतमार्फत सम्झेका छन् ।
न बेलामा सुत्ने ठेगान न बेलामा खान
साहुको रिनले बाटो छेक्छ घर फर्केर जान
कस्ले कठै भन्दा बरा तल मांथि परे
मलामी नि पाहिन्नन् साथी प्रदेशतिरै मरे
कठै मेरो जुनी सुन्तला कुहिए गाउँमा खेतबारी बाजै रहयो म अभागी प्रदेशमा भाडा माज्दै छु नि
निकै चर्चा कमाएको ‘कठै मेरो जुनी’ एल्वममा समाबेश गीतको यो अंशले धेरैका आँखा समेत रसाउको उनको अनुभव छ । चौध बर्षको उमेरमा पढ्दा–पढ्दै भारतीय बजारमा रोजगारीका लागि हानिएका कँडेल त्यहाँ सिकेको सिपलाई सदुपयोग गर्दै तिन बर्षअघि जापान गएका थिए । जापानको एक रेष्टुराँमा कुकको काम गर्दै आएका उनले नेपालका चलेका कलाकारको आवाजमा आफ्ना शव्द र लयहरुमा बजारमा एल्वमहरु ल्याउने गरेका छन् ।
–प्रस्तुतीः तारानाथ आचार्य/बागलुङ
Previous Articleप्रउ रेग्मीलाई बुर्तिवाङ नपामा स्वागत
Next Article धुलो नियन्त्रण संभव छ