बागलुङ, ११ पूस– प्रहरी उपरीक्षक दीपक रेग्मीलाई सोमबार ढोरपाटन नगरपालिकामा स्वागत तथा सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङमा हालै सरुवा भई आएका रेग्मी पहिलोपटक पश्चिम बागलुङको भ्रमणमा आएपछि उनलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङ परिसरमा सम्मान गरिएको हो । कार्यक्रममा सहभागीहरुले स्थानीयले शान्ति सुरक्षाका सवालमा विभिन्न समसामयिक सवालहरु उठाएका थिए ।
जनस्तरसम्म प्रहरी सेवा कत्तिको प्रभावकारी छ भन्ने सवालमा गरिएको अन्तरक्रियामा बोल्ने वक्ताहरुले, सेवा प्रभावकारी हुनुपर्ने, प्रहरी समक्ष आएका मुद्धाहरुलाई सहज र सरल ढंगले समाधानको प्रयास गर्नुपर्ने वा गम्भीर प्रकृतिका मुद्धाहरुलाई सिधै अदालतसमक्ष पु¥याउन सहयोग हुनुपर्ने, बजार तथा ग्रामीण क्षेत्रमा नियमित गस्ती हुनुपर्ने, स्थानीय स्तरमा मिलाउन सक्ने मुद्धाहरुलाई स्थानीय निकायसँग समन्वय गरी मेलमिलापको वातावरण बनाउनु पर्ने, ट्राफिक प्रहरीको निगरानी बढाएर सडक दुर्घटना रोक्न मद्धत गर्नुपर्ने, आवश्यक परेका स्थानमा प्रहरी विट स्थापना गर्नुपर्ने लगायतका सुझावहरु दिएका थिए । त्यस्तै संघीय संरचना अनुसार स्थापित नगरपालिका र गाउँपालिकामा प्रहरी संयन्त्रको व्यवस्थापन, शान्ति सुरक्षाका सवालमा प्रहरीको निगरानी, समन्वय र सक्रियताका विषयहरु स्थानियले उठाएका थिए ।
महिलाहरुका मुद्धाहरु बढी भन्दा बढी प्रहरीमा आउने भएकाले उनीहरुको कानुनी उपचारमा सहयोग पु¥याउने गरि प्रत्येक प्रहरी कार्यालयमा महिला सेलको स्थापना, सामुदायिक सेवा केन्द्र व्यवस्थापन, लागु औषध नियन्त्रण, मदिरा सेवन तथा उत्पादनमा रोक लगायतका सार्वजनिक सवालहरु उठेको प्रहरीले जनाएको छ । जनस्तरबाट आएका प्रश्नहरुको जवाफ दिंदै प्रहरी उपरीक्षक रेग्मीले, जनताको सेवामा खटिएको प्रहरीलाई जनताले पनि गहनाको रुपमा संझनु पर्ने बताए । गहनालाई सहज र सुहाउने ढंगले लगाए राम्रो हुने र गलत तरिकाले प्रयोग गरे नराम्रो हुने भन्दै रेग्मीले प्रहरीलाई पनि सहज र सही तरीकाले प्रयोगमा ल्याउन जनताले जान्नु पर्ने बताए । यसैबीच जनचासोका विभिन्न सवालहरुको जवाफमा उनले, जनमैत्री भावका साथ प्रहरीले जनताको शान्तिसुरक्षामा निस्वार्थ खटिइने, स्थानीय निकायसँग समन्वय गरि स्थानीय स्तरबाट समाधानहुने मुद्धाहरुलाई यही समाधान गर्न मद्धत गर्ने, गम्भीर खालका मुद्धाहरु जवरजस्ती करणी, चोरी डकैति गुण्डागर्दी, ज्यानसम्बन्धी घटना तथा सार्वजनीक मुद्धाहरुलाई प्रहरीले मिलाउन नसक्ने तथा स्थानीय निकायले समेत त्यस्ता घटनामा चासो नदेखाउन जनप्रतिनिधि हरुलाई समेत आग्रह गरेका थिए ।
कार्यक्रममा एकीकृत सेवा केन्द्र प्रमुख जनक थापा, ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली, उपप्रमुख करमती पुन, नगरपालिकाका विभिन्न वडा अध्यक्षहरु, स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार तथा स्थानीयको उपस्थिति रहेको थियो ।
Previous Articleढोरपाटन नगरपालिका खोपयुक्त
Next Article माटोलाई सम्झेर गीत लेख्छन् कँडेल(भिडियो सहित)