लन्डन, ५ पुस – बेलायती राजकुमार ह्यारीले अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको अन्तर्वाता लिने भएका छन्। ह्यारीले लिएको उक्त अन्तर्वार्ता २७ डिसेम्बरमा सार्वजनिक हुने जनाइएको छ। केन्सिङटन प्यालेसले दिएको जानकारी अनुसार अन्तवार्ता टोरेन्टोमा लिइने छ । अन्तरवार्ता खेलकुदका विषयवस्तुमा केन्द्रित रहने छ। उनले घाइते सेनाहरुको बारेमा क्याम्पेन चलाइरहेका छन्। र उनको उनले ओवामासँग पनि यही सन्दर्भमा कुराकानी गरेका हुन्।
राजकुमार ह्यारीले आगामी मे १९ मा आफ्नी प्रेमिका मेघानसँग विवाह गर्ने छन्। उनीहरु बीच गत नोभेम्बरमा इन्गेजमेन्ट भएको थियो। उनीहरुको विवाह सेन्ट जर्ज चापेल विन्डसरमा हुने जानकारी केन्सिङटन प्यालेसले दिएको छ। उनीहरु सन् २०१६ देखि प्रेममा थिए। राजकुमार ह्यारी तथा पूर्व राष्ट्रपति ओबामाको अन्तर्वार्ताका दृश्य सार्वजनिक समेत भएका छन्। एजेन्सी
Previous Articleविचारको युद्ध : कविता
Next Article मनोज र सिद्धार्थको ‘अय्यारी’ को ट्रेलर सार्वजनिक