सुभद्रा ढकाल
श्रम गरे त नेपाल नै जापन हुन्छ
दुनियाँमा बेग्लै हाम्रो पहिचान हुन्छ ।
सहरमा जसरी रोधीधर धाइरहनु पर्दैन
गाउँमा त रोपाइँ गर्दै नाचगान हुन्छ ।
आमाले देश माटो पढाउँछिन् बालकलाई
काख रित्तिन्छ बस्ती सुनसना हुन्छ ।
यो गाउँको अन्धकार हट्नेछ एक दिन
चराको चिरबिरसँगै भोलि बिहान हुन्छ ।
तरबारको युद्ध कहिल्यै नलड्नु
विचारको युद्ध लड्ने पो महान हुन्छ ।