मुस्ताङ, २५ मंसिर-जिल्लाको थाक सातसय क्षेत्र कोवाङको एक बिद्यालयलाई १ करोड आर्थिक सहयोग भएको छ । २ वर्षअघि दिवंगत भएका स्वर्गिय अमरसिंह तुलाचनको पूण्यस्मृति स्वरुप नब्बे वर्षिया बृद्धा रत्न तुलाचन (आमा) र नीजका दाई अर्जुनसिंह तुलाचनले जनआदर्श माध्यमिक बिद्यालयको शैक्षिक बिकास र बिद्यालयको भौतिक पूर्वाधार बिकासमा सहयोग पू¥याउँने उद्देश्यले करोडको आर्थिक दान गरेका हुन् । शनिवार बिद्यालयद्धारा आयोजित एक कार्यक्रममा दाई अर्जुनसिंह तुलाचनले १ करोड आर्थिक सहयोग गर्ने सार्वजनिक घोषणा गरे । उनले सो रकम आगामी बैशाख १ गते बिद्यालयको खातामा दाखिला गर्ने बताए । जनआदर्श माध्यमिक बिद्यालयको २ कार्यकाल व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी पूरा गरिसकेका स्थानीय शिक्षाप्रेमी तुलाचनले कार्य व्यस्तताका कारण हालै बिद्यालयको जिम्मेवारीबाट अवकास लिएका हुन् । उनले सो बिद्यालयलाई बिगतदेखि बर्तमान सम्म आर्थिक, भौतिक र सामाजिक रुपमा निरन्तर सहयोग पु¥याउँदै आएका छन् । नेपाल सरकार शिक्षा मन्त्रालयले देशका बिभिन्न जिल्लामा कृषि प्राविधिक शिक्षाको अवधारणा अनुसार थासाङ–२ कोवाङमा ४ वर्षअघि मुस्ताङमा पहिलोपटक कृषि प्राविधिक बिद्यालय संञ्चालनमा आएको हो । बिद्यालयलाई चाहिने करिव १ सय रोपनी जग्गा उपलब्ध गराउन लुम्जुफाँटका जग्गाधनी सरोकारवालासंग सहकार्य गरेर कृषि प्राविधिक बिद्यालयको भौतिक संरचना निर्माण योगदान दिए । यो बिद्यालय २००९ सालमा स्थापना भएको मुस्ताङको दोश्रो बिद्यालय हो । यस बिद्यालयले २०३७ सालमा माध्यमिक तह सम्मको कक्षा संञ्चालन गर्ने अनुमति प्राप्त गरेको थियो । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचे स्थायीघर भई थासाङ–२ कोवाङस्थित नाउरिकोटमा बिगत १३ वर्षदेखि थासाङ लज संञ्चालन गर्दे आएका समाजसेवी अर्जुनसिंह तुलाचन पेशाले प्रसिद्ध पर्यटन व्यवसायी हुन् । उनको काठमान्डौस्थित नयाँबानेश्वरमा होटल सन्सेट भ्यू संञ्चालनमा छ । एस.एस.टी. फाउन्डेसन संस्था खोलेर जिल्लाको पर्यटन र कृषि प्रर्वधनमा योगदान दिदै आएका तुलाचनको जापानिज एनजिओसंग राम्रो सम्वन्ध छ । उनकै पहलमा थासाङका करिव ६० जना कृषकले जापानको भ्रमण गरिसकेका छन् । उनकै पहलमा पछिल्लो समय जनआदर्श माध्यमिक बिद्यालय र जापानको सिन्चु यूनिभरसिटीसंग राम्रो सम्वन्ध जोडे । यस सम्वन्धका कारण वर्षेनी यहाँका कृषकले जापानको अध्ययन भ्रमण गर्ने अवसर जुटाए । जनआदर्श माध्यमिक बिद्यालयबाट प्रबेशीका परिक्षामा प्रथम श्रेणीमा सर्वोत्कृष्ट हुने १ बिद्यार्थीलाई वर्षेनी १ लाख रुपैयाँ प्रदान गर्दे आएको बिद्यालयका प्राचार्य टिकाराम शर्माले जानकारी दिए । उनले बिद्यालयको समग्र बिकासमा तुलाचनको योगदान महत्वपूर्ण भएको उल्लेख गरे । बिद्यालयद्धारा आयोजित कार्यक्रममा निमित्त व्यवस्थापन समितिका अध्यक्ष मिनप्रसाद थकालीले शैक्षिक बिकासले मात्र प्रगती र समृद्धिको ढोका खुल्ने उल्लेख गर्दे बिद्यालयका लागि १ करोड दान दिनु तुलाचनको महान कार्य भएको टिप्पणी गरे । आर्थिक सहयोगको घोषणापछि तुलाचनका ९० वर्षिय आमा रत्न तुलाचनलाई सम्मान गर्न बिद्यालय व्यवस्थापनको टोली नाउरिकोटस्थित थासाङ लज पुगेका थिए । सो अवसरमा तुलाचनका आमा रत्नले छोराको स्मृतिमा पूण्य गर्न बिद्यालयलाई रकम दिन खोजेको उल्लेख गरिन् । उनले १ करोड थोरै भएपनि धेरै कार्य गर्न सकिने भएकाले यसको सही सदुपयोग गर्न आग्रह गरिन् ।
Previous Article२०७४ मंसिर २५ गते सोमबारको राशिफल
Next Article ‘जिल्लालाई समृद्विको बाटोमा हिडाउँछौ’‘