काठमाडौं, १५ मंसिर – चलचित्र ‘फाटेको जुत्ता’ पुनः प्रदर्शनमा आएको छ । निर्वाचनका कारण नयाँ चलचित्र प्रदर्शनमा नआए पछि ‘फाटेको जुत्ता’ ले राहत पाएको हो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको असर हलमा पनि देखिने अनुमान गर्दै निर्माताहरु चलचित्र रिलिज गर्न डराएपछि शुक्रवारबाट क्यूएफएक्सले ‘फाटेको जुत्ता’ लाई २ शो उपलब्ध गराएको छ ।
कुमारी हलमा शुक्रबारबाट पुनः ‘फाटेको जुत्ता’ प्रदर्शनमा आएको छ । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका कारण गएको हप्ता कुनै पनि ठूला नेपाली चलचित्र प्रदर्शनमा आएनन् ।