प्यूठान, १५ मंसिर – कम्यूनिष्ट किल्लाका रुपमा रहेको प्यूठानमा सबै भोट बाम गठबन्धनमा पार्न नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंह प्रशिक्षण दिदै हिडेका छन् । सिंह कम्यूनिष्ट कार्यकर्तालाई एकै ठाउँ राखेर प्रशिक्षण मार्फत बामलाई मदतान गर्न आग्रह गर्दै जिल्ला दौडाहामा छन् । लामो समय भूमिगत रहेका सिंह यसपाली खुलेरै मतमाग्दै हिडेका हुन् ।
पार्टीलाई चुनावी दलदलमा नमुछ्ने बताउदै आएका सिंहले बामगठबन्धले मतदातामा बेग्लै उत्साह थपिएको अनुभव सुनाए । उनले जिल्लाको ठूलाबेसी, बाहने, चुजाँठाटी, खलंगा, बिजुवार, बरौला, भिंगृ लगायत स्थानमा पुगेर प्रशिक्षण दिइसकेका छन् । २०१० साल माघमा प्यूठानमा कम्यूनिष्ट पार्टी जन्माएको उनले बताए ।
‘सवै चेलालाई एकै थलोमा राखेर प्रशिक्षण दिन पाउदा मन अति खुसी छ’,उनले भने, ‘६ दशकको कम्यूनिष्ट आन्दोलनमा लाग्दा अहिलेको जस्तो उत्साह कहिले भएन ।’ पहिलोपटक जिल्लाका तीन ठूला बामपार्टी (एमाले, राजमो, माओवादी केन्द्र) बामगठवन्धन बनाएर अघि बढेपछि सिंहले सवै कम्यूनिष्ट समर्थकलाई पहिलोपटक प्रशिक्षण दिने अवसर पाएका हुन् ।
एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको प्यूठानमा गठबन्धनको तर्फबाट उनकी पत्नी दुर्गा पौडेल उठेकी छिन् । स्थानीयमा एक्लाएक्लै निर्वाचनमा बामगठवन्धनले ६४ हजार ३ सय ८५ र लोकातान्त्रिक गठवन्धनले २६ हजार २ सय ८२ मत पाएका थिए । दुवै गठवन्धनबीच ३८ हजार मतान्तर देखिन्छ । सिंहकी पत्नी पौडेलसंग लोकतान्त्रिक गठबनधनको तर्फबाट कांग्रेसका गोबिन्दराज पोख्रेल प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्लाभर १ लाख ३८ हजार ६ सय ४१ जना मतदाता छन् ।
अर्धभूमिगत कम्युनिष्ट नेता मोहन बिक्रम सिंह भोट माग्दै
Previous Article‘फाटेको जुत्ता’ पुनः प्रदर्शनमा
Next Article गोरखामा सुरक्षा : भित्र मतपेटिका, बाहिर छटपटी